धुलिखेल नगरको झण्डा आमादब्लम हिमालमा लक्मी तामाङले गाडिन

धुलिखेल नगरपालिकाको वडा नं १ देबिटारकी लक्मी तामाङले आमादब्लम हिमाल आरोहण सफल गरेर आमादब्लम हिमालमा धुलिखेल नगरपालिकाको झण्डा फहराउन सफल हुनु भएकाे छ । धुलिखेल नगरपालिका वडा न १ देविरकी लक्मी तामाङले यस अघि सगरमाथा हिमाल पनि आरोहण गरेकी थिइन् । लक्मी तामाङले धुलिखेल नगरपालिकाको र नेपाल राष्ट्रको सान बढाउने कार्य गरेकोले धुलिखेल नगरपालिकाको तर्फबाट नगरप्रमुख अशोक व्याञ्जुले उहाँलाई शुभकामना प्रदान गर्नु भयो उहाँले आफ्नो सामाजिक संजाल बाट लक्मी तामाङले गरेको कार्यले राष्ट्रको सान बढाउने काम गरेको बताउनुभयो ।
लक्मी तामाङ सगरमाथा लगायतका हिमालहरु आरोहण पश्चात् यहि पौष १४ गते ६८१२ मिटर अग्लो आमादब्लम हिमाल जोखिमपुर्ण आरोहण गर्नुभयो । उहाँले सगरमाथा लगायत आमादब्लम हिमालको सफल आरोहण आरोहण गर्नुभयो । लक्मी तामाङलाई धुलिखेल नगरपालिकाले आमादब्लम हिमाल आरोहण गर्न जानु अघि नगरपालिकाको झन्डा हस्तान्तरण तथा रु १ लाख ५० हजार प्रदान गरि ससम्मान नगर प्रमुख अशोक ब्याञ्जुले बिदाई गर्नु भएको थियो ।
प्रकाशित मिति: २ माघ २०७७, शुक्रवार २१:३७ बजे