६ चैत २०८१, बुधवार

बंगुरपालनबाट वार्षिक १० लाख कमाउँदै आले

अमरराज नहर्की
तनहुँ । तनहुँका एक कृषकले बङ्गुरपालन व्यवसायबाट मनग्गे कमाउन सफल हुनु भएको छ । व्यास नगरपालिका–५ चापाघाट कृषक झलकबहादुर आले बङगुर पालेर लखपति बन्नु भएको छ ।

ऋषिङगाउँपालिका–५ राम्जाकोटबाट वि.सं. २०६० सालमा दमौली झर्नुभएका आलेले बंगुरपालन व्यवसायलाई नमुना ढंगले पाल्दै आउनुभएको छ । बङ्गुर पालनका साथै आलेले सात वर्ष अघिदेखि मासु पसल सञ्चालन गर्नु भएको छ । बाइस लाखमा दश रोपनी जग्गा किनेर बङ्गुर पालन थाल्नु भएका आलेले हाल रागाँ पाल्ने काम समेत सुरु गर्नु भएको छ ।

पाँच लाख खर्च गरी बङ्गुरको खोर र रााँगाको गोठ निर्माण गर्नु भएका आलेले सात लाखमा बंगुर र पाँच लाख बराबरको रााँगो तयारी अवस्थामा रहेका छन् । उहाँले निर्माण गरेका नौ वटा खोरमा ३५ वटा बङ्गुर,२५ वटा बँदेल, र दश वटा सुँगुर गरी ७० वटा छन् भने पाँच वटा रााँगा मासुको लागि तयारी भैसकेका छन् । दैनिक ४० हजार देखि बढीमा एक लाख सम्मको मासु बिक्री गर्ने गरेको र खर्च कटाएर वार्षिक १० लाख रुपियाँ बचत हुने गरेको आलेले जानकारी दिनुभयो । उहाँको बङ्गुर फार्ममा दुई जना युवकहले रोजगारी पाएका छन् । बँदेलको मासु प्रतिकिलो रु. छ सय, सुँगुरको पाँच सय र बंगुर/रााँगो चार सयमा बिक्री गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

ससेजको व्यापार फस्टाउँदै
व्यवसायी आलेले ससेज व्यापार पछिल्लो समय फस्टाउँदै गएको बताउनुभयो । युवायुवतीहरुको आर्कषणको रुपमा रहेको ससेजको व्यापारमा बृद्धि हुदै गएको छ । चार सय ग्राम चिकेन/बंगुरको ससेजको तीन सय ७० र बफको तीन सय २० मा बिक्री हुने गरेको छ । ससेज निर्माण गरी जिल्लाका विभिन्न स्थानमा सप्लाइगर्दै आएको आलेले बताउनुभयो ।

प्रकाशित मिति: ३० माघ २०७७, शुक्रवार १५:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु