धुलिखेल नगरको आठौं नगर सभा सुरु

धुलिखेल । धुलिखेल नगरपालिकाको आठौं नगर सभा बिहिवार बाट सुरु भएको छ । नगर प्रमुख अशोककुमार व्याञ्जू श्रेष्ठको अध्यक्षतामा नगरसभा सुरु भएको थियो ।
नगरसभामा धुलिखेल नगरपालिका वडा न १० का वडा अध्यक्ष एवं नगरपालिकाको प्रवक्ता पुष्पराज राउतले खानी तथा खनिज पदार्थ सम्बन्धी व्यवस्था गर्न बनेको बिद्येयक २०७७ पेश गर्नुभएको थियो । त्यस्तै वडा न ४ का वडा अध्यक्ष रविन्द्र कर्माचार्यले वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि २०७७ पेश गर्नुभएको थियो थियो ।
सभामा उप-प्रमुख विमला शर्मा चौलागाईले नगरका महत्वपूर्ण निर्णयहरु पेश गर्नुभयो । नगरस्तरीय र वडास्तरीय बजेट तथा कार्यक्रमबाट स्वीकृत (कुल कार्यक्रमबाट बजेट घटाउने), थप दरबन्दी स्वीकृत, वडाबाट सिफारिस भएर आएका योजना तथा कार्यक्रम संशोधन, नगरपालिकाका अन्तर्गत होम स्टेको प्रतिकोठा बार्षिक कर पाँच सय बनाउने निर्याणको अनुमोदन, होटलहरुको चार महिनाको कर छुट लगायत कार्यपालिकाबाट स्वीकृत योजनाको अनुमोदनका लागि नगरसभामा पेश गरेकी थिइन् । आगमी नगरसभा फागुन ९ गते १ बजे बस्ने गरी सकिएको छ ।
प्रकाशित मिति: ३० माघ २०७७, शुक्रवार १५:४९ बजे