धुलिखेल नगरपालिका बुद्ध पार्क बखुन्डोलमा राष्ट्रिय पर्व सोनाम ल्होसार भब्य उत्सबका साथ सप्पन्न ।

धुलिखेल । धुलिखेल नगरपालिकाको बुद्ध पार्क बखुन्डोलमा राष्ट्रिय पर्व सोनाम ल्होसार भब्य उत्सबका साथ सप्पन्न भएको छ
। तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम आयोजना गरी मनाइयो यसैक्रममा धुलिखेल नगरपालिकाको बुद्ध पार्क बखुन्डोलमा पनि विविध साँस्कृतिक कार्यक्रम तथा र्याली गरी मनाइयो। मञ्जुश्री पात्रोअनुसार शुक्रबारदेखि २८५७औँ वर्ष शुरु भएको अवसरमा सोनाम ल्होसार भव्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम पनि सञ्चालन भएको छ ।
धुलिखेल नगरपालिका बुद्ध पार्क बखुन्डोलमा मनाइएको राष्ट्रिय पर्व सोनाम ल्होसारमा प्रमुख अतिथि धुलिखेल नगरपालिकाको प्रमुख तथा नेपाल नगरपालिका संघकाे अध्यक्ष अशोक व्याञ्जु हुनुहुन्थ्यो । उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख अशोक व्याञ्जुले “प्रत्येक वर्ष राष्ट्रिय पर्व सोनाम ल्होसारमा धुलिखेल नगरपालिका बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।
सोनाम ल्होसारको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगरप्रमुख अशोक व्याञ्जुले “धुलिखेल नगरपालिकामा २५ वटा विभिन्न वडाहरुमा पार्क निर्माण गरिएको बताउनुभयो । यस आर्थिक वर्षमा पनि धुलिखेल नगरपालिकामा १२ करोडमा र ७ करोड को पार्क निर्माण भइरहेको कुरा बताउनु भयो । यसै वर्ष धुलिखेल नगरपालिका काभ्रे जिल्लाको पहिलो बालमैत्री स्थानीय तहमा घोषणा गर्ने तयारी भइरहेको कुरा बताउनु भयो ।
धुलिखेल नगरपालिकाको बुद्ध पार्क बखुन्डोलमा सोनाम ल्होसार भब्य उत्सबका साथ विविध साँस्कृतिक कार्यक्रम सहित सप्पन्न भएको छ । उक्त कार्यक्रममा नगर उपप्रमुख बिमला कुमारी शर्मा वडा अध्यक्ष लगायत कलाकारहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: १ फागुन २०७७, शनिवार १८:४१ बजे