धुलिखेलमा १२ औँ शताब्दि पुरानो उमामहेश्वर र तेत्तीस कोटी देवता रहेको मुर्ति सहित ऐतिहासिक ढुङ्गेधारा पुननिर्माण सम्पन्न

धुलिखेल । धुलिखेल नगरपालिकामा १२ औँ शताब्दि पुरानो उमामहेश्वर र तेत्तीस कोटी देवता रहेको मुर्ति सहित ऐतिहासिक ढुङ्गेधारा पुननिर्माण सम्पन्न भएको छ ।
धुलिखेल नगरपालिकाको वडा नम्बर ७ मा रहेको १२ औँ शताब्दिमा निर्माण गरिएको पुरानो उमामहेश्वर मन्दिर र तेत्तीस कोटी देवता रहेको मुर्ति पुननिर्माण सहित ऐतिहासिक ढुङ्गेधारा पुननिर्माण भई नगर प्रमुख अशोक व्याञ्जुले उद्घाटन गर्नुभयो ।
१२ औँ शताब्दिमा निर्माण गरिएको पुरानो उमामहेश्वर मन्दिर र तेत्तीस कोटी देवता रहेको मुर्ति पुननिर्माणको क्रममा उक्त स्थानमा ऐतिहासिक ढुङ्गेधारा भेटिएको थियो । ढुङ्गेधारा भेटिएपछि नगर प्रमुख अशोक व्याञ्जुले उक्त ढुङ्गेधारा निर्माण गर्ने आवश्यक बजेट व्यवस्था गर्नु भएको थियो ।
धुलिखेल नगरपालिकाले पुरानो सम्पदाहरुको संरक्षण र संवर्धन एवं बिग्रिएको सम्पदाहरु पुननिर्माण गरिरहेको कुरा नगर प्रमुख अशोक व्याञ्जुले बताउनुभयो ।
प्रकाशित मिति: ४ फागुन २०७७, मंगलवार २२:२० बजे