६ चैत २०८१, बुधवार

अष्ट्रेलियामा फेसबुकबाट समाचार हेर्न र शेयर गर्न रोक

काठमाडौं । अष्ट्रेलिया सरकारले फेसबुकमा समाचार हेर्न तथा शेयर गर्न रोक लगाएको छ । यसबाट महत्वपूर्ण सूचनामा आम मानिसको पहुँच कम हुने खतरा बढेको छ ।
फेसबुकले आफ्नो पेजमा समाचार राखे बापत सम्बन्धित सञ्चार माध्यमहरुलाई पैसा दिनु पर्ने प्रस्ताविक कानुन अष्ट्रेलिया सरकारले ल्याउन लागेको सन्दर्भमा सरकारले सो प्रतिवन्ध लगाएको हो ।
बीबीसीका अनुसार अष्ट्रेलियाका बासिन्दाले बिहीबार सबेरैबाट फेसबुक पेजमा सबै स्थानीय र विश्वका अन्य समाचार माध्यमका समाचारहरू हेर्न पाएनन् । यो कदमसँगै अष्ट्रेलिया बाहिरबाट पनि कुनै पनि अष्ट्रेलियाली समाचार तथा प्रकाशनहरु हेर्न सकिएको छैन ।
यस किसिमको समाचारहरु माथिको प्रतिवन्धले समुदायमा ठूलो असर पुगेको बताइएको छ । यस कदमपछि अष्ट्रेलिया सरकारको कडा अलोचना भएको छ र सामाजिक सञ्जालको बाजारमा व्यापक प्रभाव रहेको यसबाट स्पष्ट भएको छ ।
कानुननै पास नहुँदै सरकारबाट भएको यो कदमको धेरै क्षेत्रबाट आलोचना भएको छ । साथै फेसबुकले गुगलसँग सम्झौता गरी केही सञ्चार माध्यमलाई समाचार वापत केही रकम भुक्तानी दिन शुरु पनि गरेको छ ।

प्रकाशित मिति: ६ फागुन २०७७, बिहीवार २०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु