संवैधानिक इजलासमा बहस टुङ्गियो, सोमबार बहस नोट पेश गर्न समय

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा पक्ष विपक्षका तर्फबाट जारी बहस आजबाट औपचारिक रुपमा टुङ्गिएको छ ।
आजको इजलासले यही फागुन १० गतेसम्म बहस नोट पेश गर्न समय दिइएको छ । सो मुद्दामा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितका पाँच न्यायाधीश रहेको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । गोरखापत्र अनलाइनबाट
प्रकाशित मिति: ७ फागुन २०७७, शुक्रवार १८:५६ बजे