एकीकृत खानेपानी बनेपामा आईपुग्यो ,केहि साता भित्रै तीनै नगरमा परिक्षण
काभ्रे । काभ्रे एकीकृत खानेपानीको परिक्षण शुरु भएको छ । बनेपा नगरपालिकाको धनेश्वर ट्याङ्ककी र मगरगाँउ नजिक रहेको आजाद स्कुल सँगैको ट्याङ्कीमा एकीकृत खानेपानी आईपुगेको छ । केहि सातामै धुलिखेलमा रहेको पानी ट्याङ्कीमा पुग्नेछ । पनौतीका सबै ट्याङ्की र पाईप लाईनको परिक्षणसँगै बनेपामा उक्त खानेपानी आईपुगेको हो ।
काभ्रे उपत्यका एकीकृत खानेपानी निर्देशक समितिका संयोजक अशोक ब्याञ्जुले केहि साता भित्रै तीनै नगरमा खानेपानीको परिक्षण सम्पन्न हुने बताउनु भयो । ‘खानेपानीको परिक्षण सकिए लगत्तै घर घरमा पानी पु¥याउने योजना बनाएका छौं’–धुलिखेल नगरपालिकाका प्रमुख समेत रहेका निर्देशक समितिका संयोजक अशोक ब्याञ्जुले भन्नुभयो–‘परिक्षण पछि पानी वितरण लगायतका अन्य प्रशासनिक संरचनाका काम गर्ने योजना बनाएका छौं ।’ खानेपानी संस्थान तथा यस अघि वितरण गरिएका खानेपानीका धाराहरु मार्फत खानेपानी वितरण गरिने तयारी गरिएको छ ।
जिल्लाको बनेपा, धुलिखेल र पनौती नगरपालिका क्षेत्रका जनताहरुलाई शुद्ध, गुणस्तरीय र अविच्छिन्न रुपमा खानेपानी उपलव्ध गराउने आयोजनाको प्रमुख उदेश्य रहेको छ । आयोजना सम्पन्न भएपछि बनेपा, धुलिखेल र पनौती नगरपालिका क्षेत्रमा अनुमानित १ लाख ३९ हजार ४ सय २२ जनताले २४ सै घण्टा शुद्ध खानेपानी प्राप्त गर्नेछन् । अविच्छिन्न रुपमा चौविसैं घण्टा खानेपानी उपलव्ध भए पछि तीन वटै नगरपालिकाका नगरवासीहरुको जनस्वास्थ्य र सरसफाईमा सुधार आई जीवनशैलीमै आमुल परिवर्तन आउने छ । बनेपा, धुलिखेल र पनौती नगरहरु काठमाण्डौ उपत्यका पछि राजधानी नजिकको उपयुक्त र बैभवशाली आवासीय शहरको रुपमा विकास हुने छन् । यो आयोजना दातृ संस्थाको सहयोग प्राप्त गरी काभ्रे जिल्लामा संचालन भएको ठूलो आयोजना हो । आयोजना संचालनमा आए पछि राजधानीको बैकल्पिक शहरका रुपमा विकास गर्न सहज हुने अपेक्षा गरिएको छ ।
४÷५ वटा खोलाको मुहानबाट करिब १६ कि.मी. असमान भौगोलिक धरातल, कच्ची सडक, खोला किनार हुँदै, थुप्रै क्रसिङ पार गर्दै पनौती शारदादेवीको उचाईमा २४ सै घण्टा ७७ लि. प्रतिसेकेण्ड पानीको वहाव रहने मेनलाईनको सुरक्षा र संवेदनशीलता संचालन–सम्भारको नियमित चुनौती हुनेछ । ईन्टेक क्षेत्रको भू–बनोट दूरी र वर्षात्मा बाढी आउँदा आवागमन रेखदेख पनि कठिन र चुनौतीपूर्ण देखिन्छ । तर, यी प्राविधिक चुनौतीसँग जुध्न र पानीको सहज आपूर्तिको लागि आयोजनाले नियमित संचालन सम्भारको व्यवस्था गर्नेछ । तीनै नगरको केन्द्रिय पानी प्रशोधनशाला पनौतीको शारादेवी हाइटमा रहेकोले तीनै नगरका धेरै भुभागमा गुरुत्वाकर्षण वहावबाटै पानी वितरण हुनेछ । तर देवीस्थानको बहाव–प्रेसर नपुग्ने ठाउँहरुमा विद्युतीय पम्पिङ प्रणाली स्थापना गर्ने योजना रहेकोले संचालन लागत, मर्मतसम्भारको जटिलता र विज्ञताको आवश्यकता पर्नेछ । यी प्रणालीहरु साथै पम्पिङ विधिमा रुपान्तरण गर्नुपर्ने आवश्यकता र सम्भावनाको तुलना हुनेछ ।
केन्द्रिय भण्डारमा दैनिक उत्पादन परिमाण फिल्ट्रेशन पछि पनौती र बनेपा+धुलिखेलतर्फ जाने पानीको परिमाण यकिन मापन गर्ने मेकानिकल÷म्याग्नेटिक÷डिजिटल÷सेन्सरयुक्त बल्क मिटरहरु उपलब्ध छन् । जनप्रतिनिधिहरुकै सहभागिता रहने काभ्रे उपत्यका खानेपानी व्यवस्थापन बोर्डको मातहतमा रहने संचालन सम्भार इकाईले बैज्ञानिक ढंगबाट निर्धारित परिमाण मात्र वहाव रहने गरी सेटिङ गर्ने र नियन्त्रण–सन्तुलन ९ऋयलतचय ि७ दबबिलअभम० प्रविधि पूर्ण सुरक्षित राखिनेगरी डिजाइन भएबाट यो खानेपानी योजना वितरण व्यवस्थापन भरपर्दाे र वैज्ञानिक छ । चुनौती भए पनि विश्वसनीय छ । पानीको बाँडफाँडको अर्थ कतै खेर जाने र कहि नपुग्ने रुटिनमा लोड सेडिङ होइन । तीनै नगरमा सम्पन्न सेवा, गुणस्तर र शुल्कको सिद्धान्त स्विकारी सकेको अवस्थामा प्रत्येक थोपामा उत्पादन लागत जोडिन्छ । मेनलाईनको सफल परिक्षण र त्यसको सामान्य त्रुटी कमजोरीको तत्काल सुधार शुरु गरिएको छ । अहिले शारदादेवीस्थित पानी प्रशोधन केन्द्रमा दैनिक ६५ लाख लिटर पानी झार्ने तयारी गरिएको छ । २०१२ डिसेम्बर १९ मा उक्त आयोजना सम्झौता भएको हो । भ्याट र कन्टिजेन्सी समेत गरी ८७ करोड ४९ लाख ८७ हजार २ सय ८० रुपैया ३२ पैैसा रहेका उक्त आयोजना जुन १२, २०१३ शुरु भएको थियो । काम शुरु भएको ७ सय ३० दिन भित्र सम्पन्न गर्ने गरी निर्माण कार्य संचालनमा आएको आयोजनामा विविध समस्या देखिए । आयोजना संचालन भई रहँदा थप कार्यको भेरियसन समेत हुन गई निर्माण कार्यको अवधि डिसेम्वर ३०, २०१८ सम्म पुग्यो । पुनः बाँकी सम्पूर्ण कार्य सम्पन्न गर्ने गरी ३१ मे, २०१९ सम्म म्याद थपको लागि कार्य भईरहेको छ । दातृ संस्था सँगको सम्झौता सकिए पछि नेपाल सरकारले उक्त आयोजनाको जिम्मेवारी लिएर काम गरिरहेको छ ।
खानेपानीको मुहानहरुवाट दैनिक प्रति सेकेण्ड ७७.७३ लिटर पानी प्राप्त हुने छ । नेपाल खानेपानी गुणस्तरले तोकेको मापदण्ड अनुसारको शुद्ध र गुणस्तरीय खानेपानी वितरण गरिने छ । सन् २०२४ सम्म तीनवटै नगरपालिकाका १ लाख ३९ हजार ४ सय २२ (शुरुमा ९२ हजार २ सय ८६ र भेरियशन पछि थप ४७ हजार १ सय ३६) जनतालाई चौविसै घण्टा खानेपानी उपलव्ध हुनेछ । प्रति व्यक्ति प्रति दिन ६५ देखि ८० लिटर खानेपानी उपलब्ध गराउने आयोजनाको लक्ष्य छ । निर्माण कार्य शुरुको लागत अनुमान ८७,५१,९१,३२२।३९ (भ्याट र कन्टिजेन्सी समेत) रहेकोमा तिनवटै नगरपालिकाहरुको थप क्षेत्रमा खानेपानी वितरणका लागि पाइप लाइन तथा रिजरभ्वायरको निर्माण एवं पनौती नगरपालिकामा चामखर्क र सल्लेमा ट्रिटमेन्ट प्लाण्ट सहित थप पानी वितरण प्रणाली समेत थप हुन गई ४७.२० प्रतिशत भेरियसन भई कूल लागत रकम १,१२,००,००,६०२।२६ भएको छ ।
काभ्रे उपत्यका स्थित धुलिखेल, बनेपा र पनौती नगरपालिकाहरुको द्रुत्तोतर बिकासलाई ध्यानमा राखी भौतिक पूर्वाधारहरुको निर्माण गर्ने उदेश्यले शुरु भएको एकीकृत विकासको अभियान एकीकृत खानेपानीसम्म पुगेको हो । तीन शहरमा भईरहेको वस्ती विकास तथा बसाईसराईलाई समेत ध्यानमा राखी शहरी विकास तथा वातावरण सुधार गर्न नेपाल सरकारले एशियाली विकास बैकको ऋृण सहयोगमा काठमाण्डौ उपत्यका लगायतका नेपालका केही शहरहरुको वातावरण तथा पूर्वाधारको विकासको माध्यमवाट पूर्वाधारयुक्त शहरी विकास गर्न शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत शहरी तथा वातावरणीय सुधार आयोजना अन्र्तगत आर्थिक वर्ष २०६०÷६१ देखि एकीकृत खानेपानीको काम शुरु गरेको हो । यो समाचार आजको चेष्टा साप्ताहिकमा प्रकाशित छ ।
प्रकाशित मिति: १२ चैत २०७७, बिहीवार ०७:४३ बजे











