१९ वैशाख २०८३, शुक्रवार

धुलिखेल नगरपालिकाको सेवा थप एक हप्ताका लागि बन्द हुने

धुलिखेल । धुलिखेल नगरपालिका भित्र कोरोना भाइरसको दोस्रो लहर फैलिरहेको र धुलिखेल नगरपालिका क्षेत्रमा समेत संक्रमण बढिरहेको सन्दर्भमा मिति २०७८ | ०१ | २७ गतेबाट १ (एक) हप्ताका लागि पुनः धुलिखेल नगरपालिका र नगरपालिका अन्तर्गतका वडा कार्यालय, सेवा केन्द्रहरु समेतका अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा स्थगन गरिएको छ । नगरप्रमुख अशोक कुमार ब्याञ्जुले १ हप्ताका लागि सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिनुभयो ।

नगरको तर्फबाट सूचना पनि प्रकाशित गरेर सेवा बन्द हुँदा नगरबासीमा पर्न गएको असुविधा प्रति नगरपालिका क्षेमा प्रार्थी भएको जनाइएको छ। सूचनामा भनिएको छ, ‘डिसीसीएमसी काभ्रेको निर्णयलाई आधार मानी बैशाख २० गतेदेखि लागु हुने गरी १ हप्ताका लागि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएमा पुनः मिति २०७८ | ०१ | २७ गतेबाट १ (एक) हप्ताका नगरपालिका र अन्तर्गतका वडा कार्यालय, सेवा केन्द्रहरु समेतका अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा स्थगन गरिएको छ ।’

प्रकाशित मिति: २६ वैशाख २०७८, आइतवार २०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु