बादल र सूर्य चिन्हको पक्षमा उभिन जनप्रतिनिधिलाई एमाले काभ्रेको निर्देशन
काभ्रे । नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीले जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामवहादुर थापा बादलको पक्षमा सूर्य चिन्हमा मतदान गर्न जनप्रतिनिधिलाई ह्वीप जारी गरेको छ ।
जिल्ला अध्यक्ष अशोक व्याञ्जुले प्रेस विज्ञप्ति मार्फत बागमती प्रदेश अर्न्तगत राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन २०७८ जेठ ६ गते हुँदैछ । निर्वाचनका लागि नेकपा एमालेका आधिकारीक उम्मेदवार रामबहादुर थापा ‘बादल’ पार्टीको आधिकारीक उम्मेदवार हुनुहुन्छ । पार्टीको आधिकारीक उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई सुर्य चिन्हमा मतदान गर्न पार्टी केन्द्रको निर्णय जारी भएको व्यहोरा अवगत नै छ । नेकपा एमालेको आधिकारिक उम्मेदवार रामबहादुर थापा बादल बाहेक अन्य उम्मेदवार छैनन । त्यस्तै कथित प्रचारबाजीको भ्रममा नपरी पार्टीका उम्मेदवार रामबहादुर थापा बादल लाई सुर्य चिन्हमा मतदान गरी विजय गराउन सुर्य चिन्हबाट निर्वाचित काभ्रेपलाञ्चोक जिल्लाका सबै प्रदेश सभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुलाई निर्वाचनमा सक्रियतापूर्वक सहभागी भई मतदान गर्न नेकपा एमाले जिल्ला कमिटी काभ्रे हार्दिक अनुरोध गर्दछ भनि विज्ञप्ति जारी गर्नुभएको छ ।
साथै उक्त निर्वाचनका लागि २०७८ जेठ ३ गतेसम्म कोरोना परिक्षण गरी रिपोर्ट लिईसक्ने तथा २०७८ जेष्ठ ५ गते साँझसम्म हेटौडा पुग्ने र जेठ ६ गते मतदानमा सहभागि हुन भनिएको छ ।
नेकपा एमालेका काभ्रे जिल्लाको अध्यक्ष अशोक व्यान्जुले कुनै प्रचारबाजीमा वा भ्रममा नपरी पार्टीका उम्मेदवारको पक्षमा खडा हुनु जनप्रतिनिधिको दायित्व रहेको बताउनुभयो । नत्र पार्टीले अनुशासनको कारवाही गर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: १ जेठ २०७८, शनिवार १५:४५ बजे











