अबको बजेट कोरोना महामारी जस्तो संक्रामक रोगसँग जुध्नलाई प्राथमिकतामा राखेर बनाउनुपर्छ: अशोक व्याञ्जु
धुलिखेल । धुलिखेल नगरपालिकाको प्रमुख तथा नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले अहिले भएको महामारी तथा सरुवारोग नियन्त्रण सम्बन्धी अधिकार संघीय सरकार सँग एकल रुपमा रहेको कारण चाहेर पनि धेरै काम गर्न नसकिएको बताउनु भएको छ । संघ सरकारको एकल अधिकार भएको क्षेत्र स्थानीय सरकारले काम गरिरहेकोले सोचे जस्तो परिणाम आउन नसकेको बताउनु भयो । धुलिखेल नगरपालिकाको प्रमुख तथा नेपाल नगरपालिका संघकाे अध्यक्ष व्याञ्जुले कोरोनाको संक्रमणको असर बहुपक्षीय रुपमा समस्या दखिएको हुनाले कोभिड १९ संक्रमणको समयमै व्यवस्थापन र सेवा जनतासमक्ष पुर्याउन स्वास्थ्य संकटकाल घोषणा गरेर स्वास्थ्य सम्बन्धी सम्पुर्ण जिम्मेवारी तीन तहको सरकारलाई दिन सके सबैको काम र भूमिका सुनिश्चित हुने बताउनु भयो । यो समयमा तीन तहका सरकारलाई संलग्न गरायौ र नीजि, सामुदायिक र राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रलाई परिचालन गर्न सक्यौ भने समस्या समाधान गर्न सकिने बताउनु भयो । यस्तै संघका अध्यक्ष व्याञ्जुले आगामी बजेट कोभिड जस्ता महामारी संक्रमक रोग सँग जुध्नलाई प्राथमिकतामा राखेर बनाउनुपर्छ भन्ने कुरा बताउनु भयो । संघ, प्रदेश र स्थानीय सरकारले साझेदारी रुपमा नै स्वास्थ्य क्षेत्रमा कोभिड लगायतका विभिन्न क्षेत्रहरुमा हाम्रो लगानी बढाउन आवश्यक रहेको बताउनु भयो । बजेटमा उपचार, प्रचार, जनशक्ति व्यवस्थापन, पूर्वाधार निर्माण गर्ने प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । प्रदेश र संघ सरकारको खर्च गर्नुपर्ने बजेट चाहिँ खर्च गर्न नसक्ने तर कोभिडको समस्या समाधानमा स्थानीय सरकारले सहयोग गरेनन् भन्न नमिल्ने बताउनु भयो ।
स्थानीय सरकार नै नभईदिएको भए कोरोना भाइरस (कोभिड-१९)को पहिलो समस्या त हाम्रो देशले थाम्न नसक्ने अवस्था नै थियो । त्यो बेला स्थानीय सरकारले व्यवस्थापन पनि गरे । विदेशबाट आउने मानिसहरुको व्यवस्थापन, होल्डिङ सेन्टर, क्वारेन्टीन, आईसोलेसन, औषधी, खाद्यान्न वितरण र लकडाउनलाई नै व्यवस्थित गर्ने कामहरु प्रभावकारी ढंगले स्थानीय सरकारले गरेको हो ।
पछिल्लो समयमा दुईवटा समस्या हामीले देखेका छौं । एउटा समस्या, उपचारात्मक पद्धतिमा नै जानुपर्ने भएको हुनाले उपचारात्मक सेवामा हामी त्यति धेरै बलियो छैनौं । त्यसकारण अलिकति शिथिलता आएको हो । रोग लागेकालाई परीक्षण गर्ने, मेडिकल सपोर्ट, अस्पताल पुराउने लगायत कुराहरु मा नगरपालिकाहरुले राम्रो काम गरेका छन् । धुलिखेल नगरपालिकाकाले १ करोड रुपैयाँको कोरोना कोष स्थापना गरेको छ ।
हजारभन्दा बढी विरामीहरुलाई औषधि व्यवस्थापन गरेका छ । अक्सिजनसहितको ५० शय्याको आईसोलेसनको व्यवस्था गरेका छ । दुईवटा एम्बुलेन्सले नि:शुल्क रुपमा जनतालाई सेवा दिइरहेका छ । यसअतिरिक्त धुलिखेल नगरपालिका क्षेत्रभित्र जहाँ कोभिडको समस्या देखापर्छ हाउसहोल हामीले परीक्षणको व्यवस्था गरेका छ । करिब २ हजार मानिसको कोरोना परीक्षण गर्ने भनेर हामीले योजना अघि बढाएका छ ।
त्यसकारण स्थानीय सरकारले नगरेको होइन । तर तीन तहको सरकारबीचको समन्वयमा गर्नुपर्ने बैकल्पिक व्यवस्थापनका काम भने हुन सकेको छैन । यो पक्षलाई व्यवस्थापन गर्न सक्यो भने अस्पतालको जस्तो होइन नगरपालिकाहरुले सेमि अस्पताल जस्तो आइसोलेसन बनाएर पनि सेवा दिन सक्ने संभावना छ । त्यो प्रभावकारी हुन्छ भन्ने मलाई लाग्छ” एक अन्तरबार्तामा धुलिखेल नगरपालिकाको प्रमुख तथा नेपाल नगरपालिका संघकाे अध्यक्ष अशोक व्याञ्जु श्रेष्ठले बताउनुभयो ।
प्रकाशित मिति: १ जेठ २०७८, शनिवार २१:१८ बजे











