२ चैत २०८१, आइतवार

कोरोनाबाट मृत्यु भएका परिवारलाई धुलिखेल नगरपालिकाले किरिया खर्च वापत १५ हजार दिने

धुलिखेल । धुलिखेल नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारालई किरिया खर्च वापत १५ हजार रुपियाँ दिने निर्णय गरेको छ । धुलिखेल नगरकार्यपालिकाको बैठकले निर्णय गरेको हो । धुलिखेल नगरकार्यपालिकाको बैठकको निर्णय सार्वजनिक गर्दै नगरप्रमुख अशोक व्याञ्जूले सो निर्णय भएको जानकारी दिनुभयो ।

धुलिखेल नगरपालिकाले यस अघि कोरोना भाइरस कोभिड-१९ माहामारी नियन्त्रणमा निषेधाज्ञा अवधिभरि नगर क्षेत्रको व्यापार व्यवसायमा लाग्ने कर मिनाहा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: १९ जेठ २०७८, बुधवार १७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु