जसपाको आधिकारिकता सम्बन्धी विवाद निर्वाचन आयोगको इजलासमा हेर्दाहेर्दैमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता सम्बन्धी विवाद निर्वाचन आयोगको इजलासमा हेर्दाहेर्दैमा परेको छ । निर्वाचन आयोगले जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि गत असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो ।
सो इजलासमा आइतबार विहान ११ बजेदेखि शुरु भएको बहस हेर्दाहेर्दैमा परेको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आजको इजलासले दलको विवादमा प्रारम्भिक सुनुवाई गर्दै कागजपत्र झिकाउने निर्णय गरेको छ ।
साथै, आगामी साउन ६ गतेदेखि निरन्तर सुनुवाइ गर्दै निर्णयमा पुग्ने निर्णय इजलासले गरेको छ । दुवै पक्षबाट दश–दश जनाले बहस गर्नुभएको उहाँले बताउनुभयो । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले पार्टी आधिकारिकता दाबी गर्दै आउनुभएको छ ।
प्रकाशित मिति: ३ साउन २०७८, आइतवार २१:२५ बजे