६ चैत २०८१, बुधवार

नेकपा एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, दश बुँदे सहमति अनुमोदन

काठमाडौं । नेकपा एमालेको आज बसेको केन्द्रिय कमिटीको बैठकले हिजोको प्रतिनिधिसभामा पार्टीको नीति विपरित मतदान गर्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
सो कुरा बैठपछि पत्रकाहरुसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभएको हो । उहाँले पार्टीले बिबाद समाधान गर्न गठित कार्यदलले तय गरेका १० बुँदे सहमितिलाई अनुमोदन गरेको पनि जानकारी दिनुभयो ।
उहाँले सो सहमति अनुरुप आजको बैठकलाई २०७५ साल जेठ ३ गते पूर्वको सिलसिलासँग जोडने क्रममा शुरु गरेको र आजको बैठकलाई दशौं बैठकका रुपमा लिइएको बताउनुभयो ।
बैठक भोलिपनि जारी रहने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: ४ साउन २०७८, सोमवार १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु