६ चैत २०८१, बुधवार

भूमि आयोग खारेज भएसँगै काभ्रेका जनता निरास

काभ्रे- भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि केपी ओली प्रधानमन्त्री भएको समयमा गठन गरिएको भूमि आयोग खारेज भएसँगै जग्गाप्रप्तीको अन्तिम तयारीमा रहेका काभ्रेका भूमिहीनको आशा पुनः निराशामा परिणत भएको छ ।

बागमती प्रदेशको राजधानी रहेको काभ्रेमा । धुलिखेल नगरपालिका, भुम्लु गाउँपालिका, बनेपा नगरपालिका,चैरी देउराली गाउँपालिका लगायत अधिकांश क्षेत्रमा पुस्तौंदेखि बसोबारस गर्दै आइरहेका हजारौं नागरिकलाई लालपुर्जा दिलाउने अन्तिम तयारी थियो ।

गत वर्ष माघ १५ गते गठन भएको जिल्ला सुकुम्वासी आयोग काभ्रेले भदौ सम्ममा ६ सय ७७ परिवारलाई लालपुर्जा दिने तयारी गरेको थियो ।

भुमि आयोग काभ्रे का अध्यक्ष रामकृष्ण हुमागाई भन्नु हुन्छ ।
‘हामीले सुरुमा तथ्यांक संकलनका लागि फाराम वितरण गरेका थियौं । राजनीतिक दलको सहजीकरण समिति निर्माण गरेर उनीहरुलाई तालिम दिइएको हो । लगत संकलन कर्ता, वडा अध्यक्ष, वडा सदस्यहरु, सहजीकरणको सदस्यहरु टोलटोलमा गएर फाराम संकलन गरेका हो,’ उहाँ भन्नुहुन्छ।
लालपुर्जा वितरण गर्नकालागि करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको थियो। यहि गतिमा काम गर्न समितिले पाएको खण्डमा आगामी डेढ वर्ष भित्र काभ्रेका सबै सुकुम्वासीले लालपुर्जा पाइसक्ने अवस्था रहेको उनको दावी छ ।

सरकारले गरेको एक निर्णयले अहिलेसम्म गरिएको सबै काम खेर गएको अध्यक्ष रामकृष्ण हुमागाईको गुनासो छ । ‘अहिलेसम्म हामीले गरेका कामहरु खेर गएका छन् । नागरिकले लालपुर्जा पाउने सपना देखेका थिए, त्यो तुहिएको छ,’ उहाँ भन्नुहुन्छ, ‘सरकार नै सुकुम्वासीको समस्या समाधान गर्न नचाहने भएपछि हामी सरकारबाट नियुक्ति पाएकाहरुले कसलाई के भन्ने ?’

प्रकाशित मिति: २० साउन २०७८, बुधवार १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु