२० वैशाख २०८२, शुक्रवार

नेकपा एमाले काभ्रे जिल्ला अधिवेशनमा धुलिखेलका होटलले २५ प्रतिशत छुट दिने

काभ्रे । नेकपा एमाले काभ्रेको १० औ जिल्ला अधिवेशनमा आउने प्रतिनिधि तथा अतिथिहरुलाई क्षेत्रीय होटल संघ काभ्रेले २५ प्रतिशत छुटको व्यवस्था गर्ने भएको छ । नेकपा एमालेको १० औं जिल्ला अधिवेशनले आन्तरिक पर्यटनलाई बृद्धि गर्ने धुलिखेलको थप प्रचार हुने र सौराहमा जस्तै उत्साह हुने भएकाले क्षेत्रीय संघले कोठा तथा खानेकुरामा २५ प्रतिशतको छुट दिन लागेको क्षेत्रीय होटल संघ धुलिखेलको सचिव जोत्सना सैंजूले जानकारी दिनुभयो । उहाँले कोरोनाको कारणले थलिएको होटल व्यवसायलाई उकास्न धुलिखेलमा हुने एमालेको अधिवेशनले मद्धत मिल्ने आशा आफूहरुले लिएको बताउनुभयो । उहाँले ५० हजारको उपस्थितीमा धुलिखेलमा गरिने अधिवेशनमा आउने आन्तरिक पर्यटकलाई स्वागत गर्न आफूहरु तयारी अवस्थामा रहेको बताउँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

क्षेत्रीय होटल व्यवसायी संघका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठले आन्तरिक पर्यटकको स्वागत गर्न तयार रहेको बताउनुभयो । उहाँले यो आफूहरुले अवसर समेत भएको बताउँदै उहाँहरुलाई आकर्षक छुटको व्यवस्था गरेको भन्नुभयो ।
पर्यटकको स्वागतमा हामीहरु स्वागत गर्न तयार रहेको बताउनुभएको छ ।

प्रकाशित मिति: २१ पुस २०७८, बुधवार ०८:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु