अनेरास्ववियु द्वारा काठमाडौं विश्वविद्यालय रजिष्ट्रारको कार्यालय अनिश्चित कालीन बन्द

काभ्रेपलाञ्चोक । काठमाडौं विश्वविद्यालय रजिष्ट्रारको कार्यालय र विद्यार्थी कल्याण निर्देशनालयको कार्यालय अनिश्चित कालीन समयका लागि बन्द गरिएको छ । अनेरास्ववियु काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटीले विश्वविद्यालय प्रशासनलाई विश्वविद्यालय भित्रका ज्वलन्त मुद्धाहरु र विद्यार्थीहरुले भोगिरहेका समस्याहरुलाई मध्यनजर गर्दै ५ बुँदे मागपत्र बुझाएको थियो।
यहि पुस महिनाको ४ गते अनेरास्ववियु काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटीले विश्वविद्यालय प्रशासनलाई विश्वविद्यालय भित्रका ज्वलन्त मुद्धाहरु र विद्यार्थीहरुले भोगिरहेका समस्याहरुलाई मध्यनजर गर्दै ५ बुँदे मागपत्र बुझाएको थियो।
उक्त मुद्धाहरुमा छलफलका निमित्त मिति २०७८-०९-१३ गते विश्वविद्यालयले वार्ता आह्वान गरेर निष्कर्षहीन बहस गरेर शुल्क सम्बन्धी कार्यकारी परिषद्को निर्णय जानकारी गराएकोले अनेरास्ववियु काठमाडौं विश्वविद्यालय क्याम्पस कमिटीले विश्वविद्यालय रजिष्ट्रारको कार्यालय र विद्यार्थी कल्याण निर्देशनालयको कार्यालय अनिश्चित कालीन समयका लागि बन्द गरिएको छ । काठमाडौं विश्वविद्यालय प्रशासनले विद्यार्थीका जायज मागहरुका लागि थप गृहकार्य र तयारीका साथ वार्तामा आउने प्रतिबध्दता सहित दोस्रो बैठक मिति २०७८-०९-१६ गते वार्ता आह्वान थियो तर उक्त दिन काठमाडौं विश्वविद्यालय प्रशासनले यथास्थिति कै सबै कुरा गरेकोले आजको मितिबाट अनेरास्ववियुको दोस्रो चरणको आन्दोलन सुरु भएको भन्दै र विद्यार्थीका जायज मागहरु पूर्ण रूपमा सम्बोधन नभएसम्म विश्वविद्यालय रजिष्ट्रार कार्यालय र विद्यार्थी कल्याण निर्देशनालयको कार्यालय अनिश्चित कालीन समयका लागि बन्द गरिएको घोषणा गरेको छ।
प्रकाशित मिति: १८ पुस २०७८, आइतवार २३:३० बजे