२० वैशाख २०८२, शुक्रवार

राप्रपाको सिंगो जिल्ला सहित विभिन्न पार्टीका १२ सय जना एमालेमा प्रवेश

काभ्रे । राप्रपा जिल्ला अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा र गङ्गामाया लामा, सचिव धनजित लामा सहित जिल्ला समितिमा रहेका ३१ जना र राप्रपाका प्रतिनिधि सभा, प्रदेश सभाका नेता तथा कार्यकर्ता गरी ७ सय भन्दा धेरै एमालेमा प्रवेश गरेका छन् । प्रवेश गरेका मध्ये श्रीदास रोशी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष हुन् भने धनजित वडा नम्बर ३ का अध्यक्ष हुन् ।

त्यस्तै नेकपा क्रान्तिकारीका तेजबहादुर राना मगर पनि एमाले प्रवेश गरेका छन् । उनी रोशी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हुन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका आषिश राना मगर, माओवादीका यसबहादुर लामा, नेपाली काँग्रेसका इन्द्रमान तामाङ सहित १ हजार २ सय जना एमालेमा प्रवेश गरेको एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले बताउनु भयो ।

३० हजारको सहभागिता

एमाले काभ्रेले १० औ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा ३० हजार काभ्रेली नागरिकहरू सहभागी भएको बताएको छ । १३ वटा कमिटीले आफ्नै व्यवस्थापनमा सभामा नागरिकहरूको सहभागिता गराएको थियो ।

सभामा आउनु अघि धुलिखेलका विभिन्न स्थानबाट निस्किएको -याली डेड घण्टा पछि रंगशलामा पुगेको थियो ।-यालीमा स्थानीय संस्कृति झल्कने झाँकीहरू प्रस्तुत गरिएको थियो । एमालेले सभामा सहभागी भएका सबै जनसमुदायलाई धन्यवाद व्यक्त गरेको छ ।

हाईटेक प्रविधि

एमाले काभ्रेले पहिलो पटक जिल्लामा हाईटेक प्रविधिबाट कार्यक्रम सम्पन्न गरेको छ । उच्च स्तरीय प्रविधिको प्रयोगले सहभागी सबैले एकै साथ कार्यक्रम अवलोकन गर्ने अवसर पाएका थिए ।

मञ्च, साउण्ड सिस्टम, एलईडी मनिटर, बसोबास र -यालीको व्यवस्थापनमा एमालेले प्रयोग गरेको शैलीले सभा व्यवस्थित बनेको एमालेले जनाएको छ । बन्द सत्रमा पनि विद्युतीय भोटिङ्ग मेशिन, प्रतिनिधिहरुको क्युआर कोडको प्रतिनिधि कार्ड लगायतका व्यवस्थापन गरेको एमालेले जनाएको छ ।

प्रकाशित मिति: २४ पुस २०७८, शनिवार ०८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु