नेकपा एमाले काभ्रे अध्यक्षमा अशोक ब्याञ्जु श्रेष्ठ सर्वसम्मत निर्वाचित

काभ्रे । नेकपा एमाले काभ्रेको अध्यक्षमा अशोक ब्याञ्जु श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।
नेकपा एमाले काभ्रेको जारी अधिवेशनको बन्दसत्रले अशोक ब्याञ्जुलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । दुईजना उपसचिब मध्ये एक जनामा रिता ढकाल (धरिना) को नाम पनि सर्वसम्मत भएको छ ।
उपाध्यक्ष , सचिब अर्को एकजना उपसचिबमा पनि सहमतिको प्रयास भैरहेको नेताहरू बताएका छन् । अधिवेशनले पाँच जना पदाधिकारी सहित १०५ जना जिल्ला कमिटी चयन गर्ने छ ।
प्रकाशित मिति: २४ पुस २०७८, शनिवार २१:१० बजे