६ चैत २०८१, बुधवार

धुलिखेलमा आयुर्वेदिक अस्पताल निर्माण हुने

धुलिखेल । धुलिखेल नगरपालिका वडा नं ६ चोच्छेटोलमा २ करोड ४२ लाखको लागतमा भारत सरकारको सहयोगमा आयुर्वेदिक अस्पतालको भवन निर्माणका हुने भएको छ । धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जुले आज एक कार्यक्रमका बीच आयुर्वेदिक अस्पतालको सिलान्यास गर्नु भएको छ ।

धुलिखेल नगरपालिका वडा नं ६ को चोच्छेटोलमा आयुर्वेदिक अस्पताल बनाउन लागीएको हो यो आयुर्वेदिक अस्पतालको निर्माण पछि धुलिखेलमा आयुर्वेदिक उपचार पद्धतिले प्रभाव पार्ने छ । यो आयुर्वेदिक अस्पताल १६ कोठाको हुनेछ ।
धुलिखेल नगरपालिकाले स्वास्थ्य सहर निर्माण गर्ने कार्य गरिरहेको छ जसमा आयुर्वेदिक अस्पतालको निर्माणले थप टेवा पुग्ने छ ‌।

प्रकाशित मिति: ६ माघ २०७८, बिहीवार १८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु