६ चैत २०८१, बुधवार

अनेरास्ववियु काभ्रेले गर्यो टर्च र्याली

काभ्रे । अनेरास्ववियु काभ्रेले पेट्रोलियम पदार्थ तथा ग्यासको पटक पटक भएको मुल्य बृद्धिको विरोधमा र हाल कोभिड १९ को महामारी बढी रहेको समयमा बजारमा सिटामोल अभाव भएको र बजारमा सिटामोलको कृतिम अभाव सृजना गरि कालोबजारी, भएको हुन सक्ने जसमा सरकारले बजार अनुगमन नगरेको तथा कोभिड भ्याक्सिनको दुरुपयोग लगायत बिषयमा सरकारलाई खवरदारी गर्न आज बनेपामा टर्च र्‍यालि गरेको छ । अनेरास्ववियुको विरोध र्‍यालिमा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य शालिकराम पराजुली र अनेरास्ववियु जिल्ला कमिटीका सह- सचिव युवराज दाहाल घाइते हुनुभएको जानकारी अनेरास्ववियु काभ्रेले जनाएको छ । अनेरास्ववियुको विरोध र्‍यालिमा अनेरास्ववियु केन्द्रीय कोषाध्यक्ष जेनिस लामा, स्थाई कमिटी सदस्य सुन्दर खड्का, सचिवालय सदस्यहरू शालिकराम पराजुली, हरिचन्द्र घिमिरे, उपेन्द्र शर्मा नवराज ढकाल जिल्ला अध्यक्ष अशोक खनाल लगायतको उपस्थिति रहेको कुरा अनेरास्ववियु काभ्रेको सचिव मिलन गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ९ माघ २०७८, आइतवार २१:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु