२० वैशाख २०८३, शनिवार

एमाले धुलिखेलको तेस्रो पुर्ण वैठक‌ सम्पन्न

नेकपा एमाले धुलिखेल नगर कमिटिको विस्तारित पुर्ण बैठक नेकपा एमाले काभ्रे जिल्ला कमिटि अध्यक्ष अशोक कुमार व्याञ्जु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

बैठकले विभिन्न बिषय उपर निर्वाचन केन्द्रीत कार्यक्रम तथा विभिन्न एजेन्डामा छलफल गरेको छ ।
एमालेले हिजोको दिनमा गरेका वाचा तथा योजना पुरा गरेर जनताको मन जितेको जिति आगामि दिनमा पनि एमालेले नै बिकास गरि जनताको समस्या समाधान देखि नगर तथा वडालाइ उत्कृष्ट बनाउने काम गर्नेछ ।

एमाले कहिल्यै पनि पक्षपातको पक्ष नरहेको कुरा रहँदै सदैव सबैलाई समेटेर नै अघि बढ्ने पार्टि रहेको कुरा कार्यक्रमका प्रमुख अतिथिले राख्नु भएको छ ।

कार्यक्रममा स्वघोषित उम्मेदवारी घोषणामा उम्मेदवारहरुको आकाङ्क्षि अन्तर्गत धुलिखेल नगरपालिकाको मेयर तथा उपमेयरमा आ-आफ्नो दावि पेश गरेका छन् । जसअन्तर्गत नेकपा एमाले धुलिखेल नगर बाट मेयरको आकाङ्क्षिमा अशोक कुमार व्याञ्जु श्रेष्ठ, केशब बडाल , विनोद पराजुलि ,उद्दव प्रसाद चौलागाइँले आ-आफ्नो तर्फबाट स्वघोषित उम्मेदवारी दिनु भएको छ ।

त्यस्तै उपमेयरमा लालतारा अधिकारी, कमला काफ्ले , जमुना देवि लामा र विमला कुमारि शर्मा चौलागाइँले उम्मेदवारी दिनु भएको छ ।

 

कार्यक्रममा नगर सल्लाहकार परिषद सदस्य तथा मनोनित नगर कमिटि सदस्यलाई सपथ ग्रहण तथा मनोनयन पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा बाग्मती प्रदेश कमिटि सदस्य, जिल्ला कमिटि सदस्य , नगर कमिटि सदस्य तथा जनवर्गीय संगठनका‌ पदाधिकारिहरुको बाक्लो भेलामा सम्पन्न भएको छ ।

प्रकाशित मिति: ७ वैशाख २०७९, बुधवार १२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु