२० वैशाख २०८३, शनिवार

नेकपा एमाले ३ नं वडा कमिटिले सुरु गर्यो निर्वाचन केन्द्रित कार्यक्रम ३०१ जना निर्वाचन परिचालन कमिटि घोषण

अध्यक्षमा सर्वसम्मत गणेश आचार्य

 

नेपाल सरकारले स्थानिय तहको निर्वाचन बैशाख ३० गते घोषणा गरे सँगै राजनितिक दलहरु नगर तथा वडा केन्द्रित कार्यक्रमहरु र उम्मेदवारी चयनमा ब्यस्त छन् ।

नेकपा एमाले धुलिखेल ३ नं वडा कमिटिले सर्वसम्मत वडा अध्यक्ष तथा वडा सदस्यका उम्मेदवारहरु चयन गरि सकेको छ र आज बसेको वडा कमिटिको पूर्ण बैठकले निर्वाचन केन्द्रित भएर कार्यक्रमहरु तय गरेको छ आगामी बैशाख ३० गते सम्मको घरदैलो अभियानको तालिका बारेमा छलफल गर्दै तालिका बनाएको छ त्यस संगै वडा कमिटिका अध्यक्ष हिरा बहादुर तामाङको संयोजकत्वमा ३०१ जनाको मुल निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।

निर्वाचनलाई लक्षित गर्दै वडा कमिटिले कमिटिका सचिव जिवनाथ पराजुलिको संयोजकत्वमा २१ सदस्यि प्रचार प्रसार समिति गठन गरेको छ भने सम्पूर्ण आर्थिक गतिविधि एक द्घार प्रणालीबाट गर्ने योजनाका सहित नेकपा एमाले धुलिखेलका यूवा नेता सिवि तामाङको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ । बैठकमा आफ्ना भनाईहरु राख्दै नेकपा एमाले काभ्रे जिल्ला कमिटिका सचिवालय सदस्य बिनोद पराजुलिले सम्पूर्ण नेता कार्यकर्ता तथा संगठित सदस्यहरुलाई निर्वाचन केन्द्रित भएर गतिविधिहरु गर्न निर्देशन दिनु भएको छ ।

नेकपा एमाले धुलिखेल ३ नं वडा कमिटिले सर्वसम्मत वडा अध्यक्ष सहित सदस्यहरु समेत चयन गरिसकेको छ ।

वडा अध्यक्ष :- गणेश आचार्य

महिला सदस्य :- सन्जु तमाङ

दलित महिला सदस्य :- रिता बराईली

खुल्ला सदस्य :- हिरा बहादुर तामाङ

खुल्ला सदस्य :- सुवास अधिकारी

प्रकाशित मिति: ७ वैशाख २०७९, बुधवार १६:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु