बनेपा नगरपालिकालाई समृद्ध बनाउने अभिभारा रत्नकुशबाट मात्रै संम्भव

बनेपा । अहिले काभ्रेका सर्वाधिक चर्चामा रहेका मेयरका उम्मेदबार हुन बनेपाका रत्नकुश रंजित । बनेपामा चुनावी अभियान सुरु गरेका रंजितलाई हरेक वडाको टोलमा भव्य स्वागत गर्न थालिएको छ । यसको प्रमुख कारण भनेको उनको एजेण्डा हो । एजेण्डा यर्थात योजना ।
समृद्ध बनेपा बनाउने अभियानमा उनको योजनाले सार्थकता पाउने विश्वास धेरैले लिएका छन् । भष्ट्राचारको विरोधी रत्नकुशको आफ्नो व्यवसाय छ । व्यक्तिगत रुपमै लाखौं रुपियाँ उनले सहयोग गर्दै आएका छन् ।
उम्मेदबारी दर्ता गराएपछि उनको घरदैलोमा उपमेयर पदका उम्मेदबार विमला सापकोटासँगै हुनुहुन्छ । शिक्षा, सडक, खानेपानी, फोहोरमैला व्यवस्थापन, करिडोर निर्माण, डुबानको समस्या समाधान गराउँदै स्वास्थ्यको हव बनेपालाई बनाउने उनको संकल्प छ ।
कृषिमा आमूल परिर्वतन गराउँदै कृषिबाट जिविकोपार्जन गराउने लक्ष्य बोकेर निर्वाचनमा होमिनु भएको रंजितसँग हरेक क्षेत्रमा कसरी काम गर्ने भन्ने योजना रहेको छ । सहयोगी र समाजसेवी उनलाई निर्वाचन गराउन आतुर छन् । खेलाडी र खेलको सम्मान,सँस्कृतिको जर्गेना, फुटपाथ व्यवस्थापनमा उनले आफना खाका मतदाताबीच सार्वजनिक गरिसकेका छन् । बनेपामा हरेक नेकपा एमालेका कार्यकर्ता आफै मेयरको उम्मेदबार बनेको भन्दै उनको पक्षमा निरन्तर वकालत गरिरहेका छन् । त्यसैले समृद्ध बनेपाको सपना उहाँबाट मात्रै संम्भव रहेको बताउनेको संख्या बनेपामा धेरै छ ।
प्रकाशित मिति: १५ वैशाख २०७९, बिहीवार ०९:२१ बजे