शंखबुद्ध लामाको भावुक स्टाटस पार्टी छाड्छु भनेर धम्की दिएपछि दिनेशले टिकट पाएको
सत्य कुरा सार्वजनिक गर्न बाध्य भए

बनेपा । भतिज द्वय जिल्ला सभापति तीर्थ लामा जी र प्रतिनिधि सभा सभापति दिनेश लामा जी मैले नि मतदान गरेर विजय हुनु भएको नेता हुन् । मलाई पालिकामा आउने कल्पना समेत थिइन । मण्डन देउपुर नगर १२ ज्याम्दी छाप स्थित स्वर्गीय लामा गुरु कार्पाे लामाको नाममा नव निर्मित बौद्ध स्तुपा छ्योर्तेनको उद्घाटन समारोहमा जिल्ला सभापति तीर्थ लामा जीले काका प्रदेशमा भन्दा पालिकामा तपाईंलाई राम्रो होला तपाईंले राम्रो काम पनि गर्न सक्नुहुन्छ भन्नुभयो ।
मैले सोंचे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य एउटै पालिकाको हुने भएकोले मलाई पालिका जानु भन्नुभएको होला भन्ने लााग्यो । त्यस पछि म तयारीमा लागे निर्वाचन नजिकिँदै जाँदा चैत २० गते पार्टी कार्यलयमा केन्द्रीय सदस्य जिल्ला सभापति लगायतको उपस्थितिमा छलफल भयो । मैले भने तपाईंहरू सर्वसम्मत नभए म लाई छोडी दिनु जिल्ला सभापति ज्यूले मेरो कुरालाई समर्थन जनाउनु भयो ।
जिल्ला सभापति जी र म फोनमा सम्पर्कमा नै थियौ । जिल्ला सचिव गुण राज जि र मलाई दिनेश लामाजीले पटक–पटक भन्नुभएको थियो । कि यो पालि मलाई टिकट नदिएमा पत्रकार सम्मेलन गरेर म पार्टी छोड्छु अनि विदेश जान्छु ।
मेरो गुनासो यति मात्र हो कि जिल्ला सभापति ज्यूको बुबा समानको मान्छेलाई धार्मिक महत्वपूर्ण कार्यक्रममा छ्योर्तेनको अगाडि बोलेको कुरामा बोली फेर्नू र टिकट नपाए पार्टी छोड्छु भन्नु भएकोमा मात्रै हुन म चित्त नबुझेको कुरा पार्टीमा राख्छु सत्य कुरा सार्वजनिक गर्छु । तर म पार्टी छोड्दिन किनकि पार्टीमा मेरो निकै पसिना भिजेको छ ।
चित्त निकै दुखेकोले धेरै सहयोग गर्न नसके पनि असहयोग र पार्टी लाई बिगार्ने काम गर्दिन । कारण म अध्यात्मिक लाई विश्वास गर्ने मान्छे हुँ । जिल्ला सभापति तीर्थ जी म र साथीहरू ज्याम्दी छापमा बोल्नु भएको दिनको तस्बिर अर्थात एक झलक साक्षी बौद्ध स्तुपा छ्यार्तेन पवित्र स्थल ।
प्रकाशित मिति: १५ वैशाख २०७९, बिहीवार ०९:१५ बजे