‘भिम न्यौपानेको नेतृत्वमा पनौतीको स्वास्थ्य क्षेत्रमा ५ वर्षमै क्रान्ती’ –स्वास्थ्य सेवामा पनौती अब्बल बन्दै

पनौती नगरले ठ्याक्कै स्वास्थ्य सेवामा जनतालाई प्रभावकारी हुने काम गरिरहेको छ । स्वास्थ्य क्षेत्रमा पनौती नगरले क्रान्ती नै गरेको पाइन्छ । नेपालको संविधानमा स्वास्थ्य सम्बन्धी हकलाई नागरिकको मौलिक हकका रुपमा समावेश गरिएको छ । नागरिकको मौलिक हक पूरा गराउनु नगरको मुख्य दायित्व पनि हो । त्यो दायित्व पूरागर्न पनौती नगर लागि परिरहेको छ । पनौती नगरले कोरोना महामारीको समयमा स्वास्थ्य सेवालाई कसरी प्रभावकारी र आम नागरिकलाई सहज पहुँच हुन्छ भनेर काम गरिरहेको पनौती नगरकी निर्वमान उपप्रमुख गीता बञ्जाराले बताउनुभयो । उहाँका अनुसार अहिले कोरोना विरुद्धको खोप अभियान जारी छ । महामारीको समयमा मास्क, सेनिटाइजर र स्वास्थ्य सर्तकताका साधनहरुको व्यवस्थापन पनौतीले गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस समय क्वारेन्टिन र आइसोलेशन सञ्चालन गरिएको थियो । पनौतीमा कोरोना नियन्त्रणका लागि विभिन्न खालका अभियान सञ्चालन हुँदै आएका छन् । हालसम्म कोरोनाबाट मृत्यु भएका पनौती नगरका स्थानीय परिवारलाई नगरले २५ हजार सहायता दिएको छ । यसरी सहायता लिनेमा ४० परिवार रहेका छन् ।
विपन्नलाई निःशुल्क वीमा
स्वास्थ्य क्षेत्रमा पनौती नगरपालिकाले विपन्न वर्गलाई लक्षित गरी विभिन्न परियोजना अगाडी बढाएको छ । खासगरी, मानसिक स्वास्थ्य परीक्षण नियमित रुपमा गर्ने प्रबन्ध नगरले गरेको छ । त्यस्तै, नगरले स्त्री तथा प्रसुती रोग विशेषज्ञलाई समेत ल्याएर नियमित परीक्षण गर्ने गरेको छ । स्वास्थ्य वीमाका क्षेत्रमा पनि पनौती नगरले नयाँ कामको थालनी गरेको छ । विपन्न दलित जनजातीको लागि ६ सय परिवारको नगरले स्वास्थ्य बीमा गरिदिने योजनाका साथ अगाडी बढेको छ । हालसम्म नगरले ४ सय ७५ परिवारको निःशुल्क स्वास्थ्य वीमा गरिदिएको छ ।‘हामीले नियमित रुपमा विपन्न वर्गका लागि कामगर्ने योजनाका साथ स्वास्थ्य क्षेत्रमा काम गरिरहेका छौँ’ न्यौपानेले बताउनुभयो । उहाँले थप्नुभयो ‘खासगरी हामी निर्वाचित भएपछि यस नगरभित्रको स्वास्थ्य क्षेत्रमा नयाँ केही, त्यो पनि विपन्न नागरिकले स्वास्थ्य क्षेत्रमा सेवा पु¥याउनुपर्छ भन्ने उदेश्यका साथ काम गरिरहेका छौँ ।’
पनौतीमा हालसम्म २ हजार भन्दा बढि परिवारले स्वास्थ्य विमा गराएका छ । ‘हामीले पनौतीमा उपचार नै नपाएर कोही नागरिक समस्यामा नपरुन भन्ने धारणाका साथ काम गर्यौँ र स्वास्थ्य क्षेत्रमा नयाँ केही गर्ने योजना बनाएरै अगाडी बढेका छौँ, यस अभियानमा नगरवासीको साथ पाएका छौँ ।’
नियमित विशेषज्ञबाट निःशुल्क परीक्षण
हाल नियमित मानसिक स्वास्थ्य परीक्षण तथा विरामीहरुका लागि पनौती स्वास्थ्य चौकीमा हरेक महिनाको दोस्रो शनिवार र कुशादेवी स्वास्थ्य चौकीमा महिनाको अन्तिम विहिबार वरिष्ठ मानसिक रोग विशेषज्ञ डा.अनन्त अधिकारीद्धारा परीक्षण तथा आवश्यक उपचार हुने गरेको छ । त्यसका लागि पनौती स्वास्थ्य शाखाले आवश्यक प्रबन्ध मिलाउने गरेको नगर स्वास्थ्य शाखा प्रमुख पुरुषोतम तिमल्सिनाले बताउनुभयो ।
कुशादेवी स्वास्थ्य चौकी, खोपासी प्राथामिक स्वास्थ्य केन्द्र र पनौती स्वास्थ्य केन्द्रमा व्यवस्थित वर्थिङ सेन्टर सञ्चालनमा छन् । यस्तै, कुशादेवी स्वास्थ्य चौकी, खोपासी प्राथामिक स्वास्थ्य केन्द्र र सुन्थान प्राथामिक स्वास्थ्य केन्द्रमा प्रयोगशालामा दिशा, पिसाव, खकार र रगत परीक्षण हुनेगरेको छ ।
त्यस्तै, खोपासी प्राथामिक स्वास्थ्य केन्द्रमा यु एस जि (भिडियो एक्सरे) को व्यवस्थापन गरिएको छ । सुत्केरीहरुलाई नगरको वर्थिङ सेन्टरमा राखेर सुत्केरी गराउँदा थप प्रोत्सानस्वरुप१ हजार खर्च दिने गरिएको छ । जटिल खालका रोग लागेका नगरका नागरिकलाई सहायतास्वरुप दश हजारसम्मको सहयोग गर्ने गरिन्छ । प्रायः वडामा मातृशिशु स्वास्थ्य प्रर्वद्धन भैरहेको छ ।
सबै वडामा व्यवस्थित स्वास्थ्य चौकी
पनौतीका सबै वडामा व्यवस्थित स्वास्थ्य चौकीको निमार्णको अन्तिम चरणमा पुगेको छ । ‘व्यवस्थित स्वास्थ्य संस्था निमार्ण गर्ने हाम्रो अर्को लक्ष्य हो, त्यहि लक्षय पुरा गर्न लागि परेका छौँ’ पनौती नगरप्रमुख न्यौपानेले भन्नुभयो ।
पनौतीका स्वास्थ्य चौकीको पुनःनिर्माण एव मर्मतसम्भार गर्ने काम सम्पन भएको छ । पनौती वडा नं. १ मा रयाले स्वास्थ्य चौकी निमार्ण, वडा नं. २ मा कुशादेवी स्वास्थ्य चौकी निमार्ण, वडा नं.३ मा अन्टेटारमा स्वास्थ्य चौकी निर्माण भएको छ । त्यस्तै, वडा नं.४ को टौखाल स्वास्थ्य चौकी निमार्णाधिन अवस्थामा छ, । वडा नं.५ सुब्बागाउँमा स्वास्थ्य चौकीमा मर्मत सम्भार भएको छ । वडा नं.६ मा दलिनचोक स्वास्थ्य चौकी निमार्ण, वडा नं. ७ मा पनौती स्वास्थ्य चौकी निमार्णाधीन अवस्थामा रहेको छ । वडा नं. ८ मा सहरी स्वास्थ्य केन्द्र र आयुर्वेद स्वास्थ्य केन्द्र निमार्णाको चरणमा अगाडी बढेको छ । वडा नं.९ मा सुन्थान प्राथामिक स्वास्थ्य केन्द्रको स्तोरउन्नती भएको छ ।
त्यस्तै, वडा नं.१० को खोपासीमा नगर अस्पताल निमार्ण अगाडी बढेको, वडा नं.११ को बल्थलीमा स्वास्थ्य केन्द्र निमार्ण भएको छ भने वडा नं.१२ को रोशीमा निमार्णाधीन अवस्थामा रहेको छ ।
प्रकाशित मिति: १६ वैशाख २०७९, शुक्रवार ०८:२२ बजे