६ चैत २०८१, बुधवार

पात्लेखेतमा माहोल एमालेमय , उम्मेद्वारहरु घरदैलो अभियानमा

नेकपा एमाले धुलिखेल ११ साविक एकमा घरदैलो अभियान निरन्तर सञ्चालन भइरहेको छ ।


सिङ्गै गठबन्धन बिरुद्ध लडिरहँदा , नेकपा एमाले भने अहिले चुनावि माहोलमा सम्पुर्ण वडाभरि घरदैलो अभियानमा अग्रसर रहेको देखिन्छ ।
धुलिखेल वडा नं ११ वडा कमिटि अध्यक्ष तथा स्थानिय चुनावका कमान्डर सहित रहेका मन्दिप गौतम , बाग्मति प्रदेश कमिटि सदस्य केशव बडाल , जिल्ला कमिटी सदस्य रविन्द्र न्यौपाने, धुलिखेल नगर कमिटि सचिव विष्णु धिताल‌ लगायत पार्टिका युवा तथा नेताहरुको सक्रिय सहभागितामा वडामा अहिले चुनावि घरदैलो अभियान निरन्तर रहेको छ ।

बैशाख १२ गते स्थानिय निर्वाचन २०७९को लागि उम्मेदवारी दिएपछि वडामा एमालेका नेता तथा उम्मेदवारहरु यतिखेर गाउँगाउँमा पुगेको पाइन्छ ।

धुलिखेल ११ चलाउने टिम , नेकपा एमालेका उम्मेदवारहरुमा
अध्यक्ष :- नारायण प्रसाद बडाल
महिला सदस्य :- कमलि तामाङ
दलित महिला सदस्य :- लक्ष्मि रम्तेल
खुल्ला सदस्य :- कृष्ण वहादुर तामाङ
खुल्ला सदस्य :- हरिभजन सेढाई

चुनावि माहोल चलिरहँदा नेकपा एमालेले आफ्नो क्रियाकलाप गरिरहदा वडा यतिखेर एमाले मय बनेको छ ।

प्रकाशित मिति: १६ वैशाख २०७९, शुक्रवार १३:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु