२० वैशाख २०८२, शुक्रवार

पैसा खुट्टामा राखि ढोगेर भोट माग्दै काँग्रेस

१९ वैशाख, सिन्धुपाल्चोक – नेपाली काँग्रेसका उम्मेदवारले घरदैला कार्यक्रममा हरेक परिवारलाई नगद वितरण गरेको तथ्य सार्वजनिक भएको छ । नेपाली काँग्रेसका तर्फबाट मेलम्ची नगरपालिका– १० का वडा अध्यक्षका उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजार नोट राखेर ढोग गर्दै भोट मागिरहेका हुन् ।

 

खनालले घरदैलो कार्यक्रममा प्रत्येक घरमा यसैगरी भोट मागिरहेको तस्बिर समेत सार्वजनिक भएको छ । खनालको उक्त तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि उनले आफ्नी फुपूलाई ढोग गरेको भन्दै सामाजिक सञ्जालमार्फत नै स्पष्टीकरण दिएका थिए । उनले पछि प्रष्टीकरण दिएको पोस्ट पनि हटाएका छन् । उनले फेसबुक वालमा लेखेका थिए– यहाँहरू सबैलाई हार्दिक नमन तथा जय नेपाल १ मेरी फुपू दिदीको हातबाट टीका लगाए पछि मैले मेरी दिदीको पाउ ढोक्दै गर्दा बिना दक्षिणा कसरी ढोग गरूँ रु आादर र सम्मान गर्नु मेरो धर्म हो। यो सकारात्मक संस्कारलाई पनि प्रंचार प्रसार गरिदिनु भएकोमा यहाँ हरू सबैलाई हार्दिक धन्यवाद ।

उनले कसैलाई एक हजार त कसैलाई त्योभन्दा बढी रकम पाउमा राखेर ढोग्दै भोट मागिरहेको स्थानीयले बताएका छन् । यसरी पाउमा पैसा राखेर भोट मागिरहेकोप्रति नेकपा एमालेले आपत्ति जनाएको नेपाल प्रेसले खबर प्रकाशन गरेको छ ।

 

प्रकाशित मिति: १९ वैशाख २०७९, सोमवार १५:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु