३ चैत २०८१, सोमवार

एमाले पात्लेखेतमा उत्साहजनक रौनक सहित घरदैलो अभियान (फोटोफिचर)

पात्लेखेत-काभ्रेको धुलिखेल नगरपालिका वडा नं ११ मा एमालेको तर्फबाट स्थानीय तहको निर्वाचनमा होमिएका उम्मेदवारहरुले सोमबार साविक वडा नं ३ र ४ बाट घरदैलो अभियान शुरु गरेका छन् ।

पूर्व गाविस अध्यक्ष नेकपा एमालेका बाग्मति प्रदेश कमिटि सदस्य केशव बडाल ,नेकपा एमाले काभ्रे जिल्ला कमिटी सदस्य रविन्द्र न्यौपाने,यसअघि निर्वाचित वडा अध्यक्ष विष्णु धिताल लगायतको शुभकामना एवं आफ्नै बृद्धाआमाबाट शुभ आशिर्वाद लिइ वडा अध्यक्षका उम्मेदवार नारायण प्रसाद बडालको टोलिले घर दैलो अभियान शुरु गरेको हो ।

वडा नं ११ मा अध्यक्षमा नारायण प्रसाद बडाल,खुल्ला सदस्यमा कृष्ण वहादुर तामाङ, हरिभजन सेढाई,महिला सदस्यमा कमलि तामाङ र महिला दलित सदस्यमा लक्ष्मि रम्तेल यो वैशाख ३० गते हुने स्थानीय तहको चुनावी मैदानमा हुनुहुन्छ ।

घरदैलो अभियानका क्रममा निस्केको यो टोलीले आफूहरु निर्वाचित भएमा पात्लेखेत वासि जनताका लागि गर्ने विकास निर्माणका प्रतिबद्धताबारे बुझाउनुका साथै मतदाता शिक्षा समेत दिने गरेको वडा अध्यक्षका उम्मेदवार बडालले बताउनुभयो ।

उहाँका अनुसार नेकपा एमालेको नेतृत्वमा पात्लेखेतमा भएका र भइरहेका विकास निर्माणका काम र अब गर्नु पर्ने थप कामका विषयमा जनस्तरबाट राय लिने काम समेत अभियानको क्रममा हुनेछ ।

लामो समय कृषि तथा सहकारी क्षेत्रका समेत राम्रा जानकार रहेको वडालले पात्लेखेत वासि जनताको रोजाइमा पर्ने विश्लेषण गरिएको छ । शालिन,इमान्दार, दुरदृष्टि सोचका धनी वडालकोको नेतृत्वमा रहेका उम्मेदवारहरु कहि न कहि विकासका अभियानमै जोडिएका पात्रहरु हुनुहुन्छ ।

अभियानमा उम्मेदवारहरु सँगै पात्लेखेतका विकास अभियन्ता पूर्व गाविस अध्यक्ष एवं नेकपा एमाले वाग्मती प्रदेश कमिटि सदस्य केशव बडाल,नेकपा एमाले वडाकमिटी , युवा , किसान , महिला जनमासको उत्साहजनक सहभागिता रहेको छ ।

सोमबार भएको घरदैलो अभियानमा भएका उत्साहजनक सहभागिता तथा रौनकहरु :- (फोटोफिचर तथा भिडियोहरु)

 

प्रकाशित मिति: १९ वैशाख २०७९, सोमवार २०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु