६ चैत २०८१, बुधवार

खुसी जेष्ठ नागरिक, सुखी बालबालिका अपाङ्गमैत्री धुलिखेल नगरपालिका , नेकपा एमाले

नेकपा एमाले धुलिखेल नगरका उम्मेद्ववारहरु यतिखेर चुनावि माहोलमा घरदैलो अभियानमा व्यस्त भइरहेको देखिन्छ ।

चुनावि अभियानमा होमिएको नेकपा एमाले धुलिखेल पनि आफ्नो घोषणापत्र तथा प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । जसअनुसार खुसी जेष्ठ नागरिक, सुखीबालबालिका अपाङ्गमैत्री धुलिखेल नगरपालिका अन्तर्गत :-

  • समाजबाट तिरस्कार भएका तथा परिवारबाट अपहेलित जेष्ठ नागरिकहरुलाई शंखुमा निर्माण भएको जेष्ठ नागरिक भवनमा पुनर्स्थापित गरिनेछ ।
  • जेष्ठ नागरिक, एकल महिला, विधवा, अशक्त अपाङ्ग र बालवालिकालाई नेपाल सरकारवाट प्रदान गरिदै आएको सुरक्षा भत्ता समयमै सुलभ तरिकावाट उपलब्ध गराउने ब्यवस्था मिलाइनेछ ।

 

  • जेष्ठ नागरिकहरुको सम्मानजक बसाइ, खानपान र सुरक्षाको लागि आवश्यक नीति, ऐन, कानून बनाई कार्यान्वयन गरिनेछ । जेष्ठ नागरिकहरुको ज्ञान अनुभवलाई उपयोग गरिने कार्यक्रमहरु सञ्चालन गरिनेछ।

 

  • औद्योगिक, पर्यटन, यातायात र निर्माण क्षेत्र लगायतका श्रमिकहरुको सामाजिक सुरक्षा तथा दुर्घटना बीमालाई अनिवार्य गरिनेछ। सशस्त्र द्वन्द्व तथा जनआन्दोलन लगायतका घटनाहरुमा प्रभावित परिवार तथा घाइतेहरुका लागि उचित उपचार तथा राहतको ब्यवस्थापन गरिनेछ

प्रकाशित मिति: २० वैशाख २०७९, मंगलवार १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु