२२ वैशाख २०८३, सोमवार

काभ्रेमा अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपालले मनाए पुष्पलाल स्मृति दिवस

काभ्रे । काभ्रे जिल्लामा अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपालले नेकपाका संस्थापक महासचिव पुष्पलालको ४२औँ स्मृति दिवसको कार्यक्रम जिल्ला पार्टी कार्यालयमा गरेको छ । राष्ट्रिय युवा संघ नेपाल काभ्रे र अनेरास्ववियू काभ्रेले संयुक्तरुपमा राखेको उक्त कार्यक्रममा गरेको छ ।
राष्ट्रिय युवा संघ नेपालका जिल्ला संयोजक विक्रम चौलागाईको सभापतित्वमा र अनेरास्ववियू काभ्रेका संयोजक उपेन्द्र शर्माले कार्यक्रम सञ्चालन गरेका थिए । नेकपाका आदर्श नेता पुष्पलालको ४२औँ स्मृतिसभा कार्यक्रम काभ्रे जिल्लामा उहाँको तस्बिरमा माल्यार्पण गरेर मनाईयो । उक्त युवा र बिद्यार्थीहरु द्धारा आयोजित पुष्पलाल स्मृतिदिवसमा नेकपा जिल्लाका अध्यक्ष रुकु चौलागाई र जिल्ला सचिब टोक बहादुर वाईबाको उपस्थिति देखिएको थिएन ।

कार्यक्रममा नेकपा काभ्रेका प्रभावशाली नेताहरु अशोक ब्यान्जु,भिम न्यौपाने, कन्चन अधिकारी लगाएयत , अनेरास्ववियूको केन्द्रीय सदस्यहरु र राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्यहरु सहित सयौं कार्यकर्ताहरुको सहभागितामा उक्तकार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा नेकपा काभ्रेका प्रभावशाली नेता तथा धुलिखेल नगरपालिकाको प्रमुख अशोक व्याञ्जुले बोल्दै बर्गिय मुक्तिको लागि बाटो देखाउने आदर्श नेता पुष्पलालको मार्गमा आजपनि हिँड्नु पर्छ भन्ने विचार राख्नुभयो । साथै उक्त कार्यक्रममा नेकपा काभ्रेका प्रभावशाली नेता तथा पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले आफ्नो धारणा राख्दै पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनको आदर्श नेता भएको कुरा बताउनु भयो । उक्त कार्यक्रममा बोल्दै उहाँहरुले जनताले दिएको म्यन्डेट अनुसार सबै पार्टी पङ्ती एक भएर लाग्नु पर्नेमा जोड्दिनु भयो । 

प्रकाशित मिति: ७ साउन २०७७, बुधवार २२:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु