२६ वैशाख २०८२, बिहीवार

पात्लेखेत साविक ०६ मा त्रिलोचनको नेतृत्वमा बन्यो टोल कमिटि

धुलिखेल ११ पात्लेखेत साविक ०६ मा त्रिलोचन प्याकुरेलको अध्यक्षतामा टोल कमिटि गठन कार्यक्रम सम्पन्न भएको छ । 

नेकपा एमालेको केन्द्रीय, जिल्ला, नगर र वडा कमिटि गठन गरिसकेको पार्टिले अहिले टोल कमिटिमा समेत आफ्नो कमिटि विस्तारमा अघि बढेको छ ।

नेकपा एमाले धुलिखेल वडा नं ११ वडा कमिटि अध्यक्ष मन्दिप गौतमले वडा कमिटि लाइ चलायमान बनाइराख्न र बिकासको काममा सदैव प्रतिनिधि र नेकपा एमाले बिकास र जनताको साथमा रहेको भन्दै कार्यक्रमको‌ सभापतित्व ग्रहण गर्नु भएको थियो। 

नेकपा एमाले साविक पात्लेखेत गाविस अध्यक्ष एवम् काभ्रे जिल्ला कमिटी पुर्व सचिवालय सदस्य केशव वडालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । बडालले नेकपा एमाले जनताको सदैव साथमा र विकासमा अग्रसर रहेको कुरा व्यक्त गर्नुका साथै भ्यु टावर नेपाल पर्यटन बोर्डको रहेको र त्यसलाइ थप विस्तारका लागि प्रयत्न भइरहेको कुरा समेत कार्यक्रमलाई सम्बोधन गर्दै बताउनु भयो । विभिन्न पार्टिले चुनावताका जनतामाझ गएर आफु भन्ने भाव जनतामाझ नदेखाउन र यदि साँच्चिकै पार्टि र जनतामाझ आफु हो भन्नि हो भने विकासको काममा हात अघि वढाइ ,आफ्नै गठबन्धनको सरकारको पालामा बजेट ल्याउन समेत चुनौति गर्नु भएको छ । 

नेकपा एमाले धुलिखेल नगर कमिटि सचिव एवम् वडा ११ का वडाध्यक्ष विष्णु धितालले कुनै पनि पार्टिले जनातालाई भ्रम नछरि गनि हो भने आफ्नो पाचदलिय गठबन्धनको सरकारको पालामा बिकास योजना अघि बढाउन समेत चुनौति दिनु भएको छ । आफु स्थानीय तहको नेतृत्वमा आएपछि निति नियम बनाएर अघि बढि र त्यहि नितिनियममा रहि बिकासका कार्यक्रम र योजना निर्माण गरिरहदा साविक पात्लेखेतमा थुप्रै विकास भएको कुरा व्यक्त गर्नु भएको छ । 

कार्यक्रममा जिल्ला दुग्ध व्यवासायिक संघ , काभ्रेका‌ अध्यक्ष नारायण बडाल , नेकपा एमाले काभ्रे काठमाडौं सम्पर्क मञ्च तथा धुलिखेल नगर कमिटि सचिवालय सदस्य ध्रुव बडाल , जिल्ला समन्वय समितिका सदस्य गिता सुनार , नगर कमिटीका सचिवालय सदस्य तथा सदस्यहरु , वडाका जनवर्गिय भातृ सँगठनका पदाधिकारीहरु , अनेरास्ववियु धुलिखेल नगर कमिटि अध्यक्ष प्रभुराम धिताल ‌तथा स्थानीय व्यक्तिहरुको बाक्लो उपस्थितिमा कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । 

कार्यक्रममा स्वागत मन्तव्य धुलिखेल नगर कमिटि सचिवालय सदस्य सिर्जना प्याकुरेलले राख्नु भएको थियो भने सचिब सन्जय न्यौपानेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । 

प्रकाशित मिति: ७ फागुन २०७८, शनिवार १२:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु