१५ वैशाख २०८३, सोमवार

झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ५२

काठमाडौँ — आइतबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा एक पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिका अनुसार झापाका एक ५० वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

उनी अस्पतालको सम्पर्कमा रहेको र स्वस्थ रहेको विज्ञप्तिमा जनाइएको छ।
यसका साथै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ। आइतबार नै वीरगन्जका दुईजना पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो। १६ जना संक्रमित भने निको भएर घर फर्किएका छन्।

प्रकाशित मिति: १४ वैशाख २०७७, आइतवार २१:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु