१८ वैशाख २०८३, बिहीवार

धुलिखेल वडा नं ८ मा नगर स्वास्थ्य सेवा केन्द्र उत्घाटन

धुलिखेल । धुलिखेलमा नगरपालिका वडा नं ८ बडालगाउँमा स्वास्थ्य सेवा केन्द्रको उत्घाटन नगर प्रमुख अशोक कुमार व्यान्जुले गर्नु भयो । धुलिखेल नगरपालिकाको वडा नं ८ को भुगोल ठुलो भएकोले पहिलेदेखि संचालनमा रहेको नगर स्वास्थ्य केन्द्र पकुचाबाट बेला बेलामा घर घरमा सेवा प्रदान गरिरहेको थियो ।
उक्त उत्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख अशोक व्याञ्जुले धुलिखेल नगरपालिका लाई स्वस्थ शहर बनाउने कुरा ब्यक्त गर्नू भयोे । उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाले एकघर एक धारा कार्यक्रम संचालन भैरहेको तथा धुलिखेल नगरपालिकालाई यसै वर्ष बालमैत्री नगरपालिका घोषणा गर्ने कुरा बताउनु भयो।
उक्त नगर स्वास्थ्य सेवा केन्द्र उत्घाटन कार्यक्रमा नगर उपप्रमुख बिमला शर्मा वडा अध्यक्षहरु निराजन जंगम र विष्णु धिताल र नगर स्वास्थ्य साखा प्रमुख सन्दिप केसी लगायतले बोल्नुभएको थियो । साथै उक्त कार्यक्रममा इ इ सि का अध्यक्ष नमराज तिमल्सिना र इ इ सि का प्रतिनिधि राजेन्द्र कर्माचार्यले स्वास्थ्य सेवा केन्द्रलाई जिएनएचए(GNHA)को सहयोगमा उपलब्ध स्वास्थ्य सामाग्री नगरप्रमुख मार्फत संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको थियो ।


प्रकाशित मिति: २ असार २०७७, मंगलवार १७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु