वडा ६ मा आनन्द श्रेष्ठ…..
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धुलिखेल वडा नं. ६ मा नेकपा एमाले को तर्फ बाट वडा अध्यक्ष पदमा आन्नद सागर योगल श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको छ ।
आन्नद सागर गत २०७४ को स्थानीय निर्वाचन मा बिजयी हुन सफल भई हाल वडा सदस्य को जिम्मेवारी मा हुनुहुन्छ ।
बिभिन्न सँघसस्थामा आवद्ध रहेका उनि युवाहरुमाझ लोकप्रिय रहेको छन् । साथै अहिले उहाँ नेपाल खेलकुद महासंघका केन्द्रीय राष्ट्रिय रग्बि सँघका अध्यक्षमा रहि युवा तथा खेलकुद क्षेत्रमा समेत लागि परि युवाहरुको ढुकढुकि रहेका छन् ।
कोरियाको समयमा तथा जनतालाइ परेको समस्याको समयमा पनि श्रेष्ठ वडाको जनाताको हित र गुनासो सुन्न सदैव तत्पर रहेको उनि वडा भित्र प्रिय पात्रका रुपमा रहेका छन् ।

लामो समयदेखि नेकपा एमालेमा सक्रिय रहेका उनि सामाजिक कार्यमा पनि उत्ततिकै सक्रिय रहँदै आएका छन् । विभिन्न समाजिक कर्यमा आबद्ध युवाहरुमाझ राम्रो पहिचान बनाउन सफल हुनुहुन्छ। युवा पुस्ताको आशा र भरोसाका रुपमा एक अब्बल उम्मेदवारको रुपमा योगल प्रस्तुत भएका छन् । पार्टी बाट टिकट पाएर वडाध्यक्षमा निर्वाचित भए वडाबासीको हित तथा जीवनस्तर बृद्धिको लागि आफूसंग प्रशस्त भिजन भएको आन्नदले बताए।
वडा नम्बर ०६ मा अध्यक्ष आनन्द सागर योगल श्रेष्ठ ,महिला सदस्य सन्ध्या श्रेष्ठ योगल खुल्ला सदस्यहरुमा कविता मानन्धर र करुणा सागर वरुण रहेका छन् ।
प्रकाशित मिति: १० वैशाख २०७९, शनिवार ११:४६ बजे











