२० वैशाख २०८२, शुक्रवार

धुलिखेल नगरपालिकाको कोइला मुक्त अभियानको देश विदेशमा चर्चा

धुलिखेल, काभ्रे | धुलिखेल नगरपालिकाको कोइला मुक्त अभियानको बेलायतमा चर्चा भएको छ | केही हप्ता अगाडीनै धुलिखेल नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र कोइलाको प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो |

काभ्रे जिल्लाको सदरमुकाम र पर्यटकीय नगर समेत रहेको धुलिखेल नगरपालिकाले सो अभियानलाइ अरु निकाय तथा मुलुकलाइ पनि अनुमोदन गर्न अनुरोध गरेको थियो | यसैबीच बेलायत, स्कटल्याण्डको ग्लास्गो शहरमा जलवायु परिवर्तन सम्बन्धि संयुक्त रास्ट्रसंघीय सम्मेलन ( कोप 26) मा यसको निकै चर्चा भएको छ |

उक्त कार्यक्रममा नेपालका लागि बेलायति राजदुत निकोला पोलिटले नेपालको काभ्रे स्थित धुलिखेल नगरपालिकाले कोइला प्रभाहलाइ प्रतिबन्ध लगाएको सन्देस प्रवाह गर्नुभयो |

धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठका अनुसार नगर क्षेत्र भित्र कोइलाको प्रयोगलाइ पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ | जस्तो
खनिजतत्व उत्खनन नगर्ने, वातावरण मैत्री बिकाश गर्ने र आगामी पाँच बर्ष भित्र नगरबासी सबैका घरभित्र प्रयोग भएको फोहोर पानी प्रसोधन गरि पुन: प्रयोग गर्ने योजना बनाएर काम भएको उहाँले बताउनुभयो |

काठमाडौँ उपत्यकाको छिमेकि जिल्ला काभ्रे स्थितको एक पालिकाले चालेको यो अभियानको संदेश नेपालका लागि बेलायतका राजदुतले प्रभाह गरेको भोलिपल्टै बिस्वका सबै जसो राष्ट्रले कोइलाको प्रयोगलाइ रोक्ने घोषणा गरेका छन् | यो एक संयोग मात्र हुनसक्छ तर पनि नेपालको संदेशली ठुलो ठाउँ ओगटेको विश्लेषकहरुले अनुमान गरेका छन् |

प्रकाशित मिति: २२ कात्तिक २०७८, सोमवार २०:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु