नेकपा एमाले धुलिखेल नगर कमिटीको कार्यालय उदघाटन

धुलिखेल । नेकपा एमाले धुलिखेल नगर कमिटीको कार्यालय उदघाटन गरिएको छ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले एक कार्यक्रमका बीच नगर कमिटीको पार्टी कार्यालय उदघाटन गर्नुभएको हो । नेकपा एमाले धुलिखेल नगर कमिटीले धुलिखेलको सरस्वती बजारमा पार्टी कार्यालय सञ्चालनमा ल्याएको छ । नगर कमिटीले काभ्रे जिल्लाबाट एमालेको केन्द्रीय सदस्यमा चयन हुनुभएका सबैलाई बधाई तथा सम्मान समेत गरेको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, केन्द्रिय सदस्यहरु नबिना लामा,रेशम लामा, रुक्मनी मगर, बागमती प्रदेश कमिटी उपाध्यक्ष रामहरि सुवेदीलाई बधाई तथा सम्मान गरिएको एमाले धुलिखेल नगर कमिटीले जनाएको छ ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले काभ्रे विकासको नेतृत्व नेकपा एमाले पार्टीले गरेको कुरा बताउनु भयो ।
कार्यक्रममा एमाले जिल्ला कमिटी अध्यक्ष अशोक ब्यान्जु, धुलिखेल नगर कमिटीका अध्यक्ष दयाराम महत, सचिब विष्णु धिताल लगायत नगर कमिटीका पदाधिरी र सदस्यहरु सहभागि हुनुभएको थियो ।
प्रकाशित मिति: ४ पुस २०७८, आइतवार ०८:३३ बजे