धुलिखेलमा नेवारि परम्परा सहितको सास्कृतिक कार्यक्रम र ‘योमरी फेष्टिबल’ हुने

धुलिखेल । काभ्रेको धुलिखेलमा योमरी पुन्हीको अवसरमा ‘योमरी फेष्टिबल’ हुने भएको छ । यहि पुस ४ गते योमरी पुन्हीको अवसर पारेर नेवारि परम्परा सहितको सास्कृतिक कार्यक्रम सहित ‘योमरी फेष्टिबल’ को आयोजना गरिएको हो । धुलिखेलमा रहेका लशः कुश युवा क्लबले ‘योमरी फेष्टबल’ को आयोजना गरेको हो ।
धुलिखेलको पुरानो बजार नाराणस्थानमा ‘योमरी फेष्टिबल’ हुनेछ । नेवारी परम्परा सहितको लाखे नाच ‘योमरी फेष्टिबल’ को विशेष आकर्षण हुने लशः कुश युवा जनाएको छ ।
लशः कुश युवा क्लबले आफ्नो संस्कार, सस्कृति जगेर्नाका लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । धुलिखेल नगरपालिकाको ५, ६ र ७ नम्बर वडामा नेवार समुदायको निकै बाक्लो बसोबास छ ।
तर पछिल्लो समय धुलिखेलमा ‘योमरी’ निकै लोप हुँदै गइरहेको छ । धुलिखेलमा योमरी लोप हुन नदिन र यसको महत्व घुम्न आउने आन्तरिक तथा बाह्य पटर्यकहरुलाई समेत दिने उद्देश्यले ‘योमरी फेष्टिबल’ को आयोजना गरिएको लशः कुश युवा क्लबले जनाएको छ ।
प्रकाशित मिति: १ पुस २०७८, बिहीवार २१:१८ बजे