काभ्रे जिल्लाको १३ वटै पालिकामा अनेरास्ववियुको कमिटी गठन
काभ्रेमा एकै दिन १३ वटा स्थानीय तहमा नेकपा एमालेको भातृ संघठन अनेरास्ववियु कमिटी गठन सम्पन्न भएको छ ।

काभ्रेका अध्यक्ष गोविन्द उप्रेतीका अनुसार काभ्रे जिल्लाको रोशी गाउँपालिकामा सागर राज मैनालीको अध्यक्षमा २५ सदस्यीय समिती बनेको छ । त्यस्तै तेमाल गाउँपालिकामा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य हरि चन्द्र घिमिरेको प्रमुख आतिथ्यतामा दुधराज लामाको अध्यक्षतामा कमिटी गठन भएको छ |

महाभारत गाउँपालिकामा मिना अस्तानीको अध्यक्षतामा २५ सदस्यीय समिती बनेको छ । भुम्लु गाउँपालिकामा सुनिता बस्नेतको अध्यक्षतामा १५ सदस्यीय गाउँ कमिटी बनेको हो । बनेपा नगरमा भने सुदिन श्रेष्ठको अध्यक्षतामा समिती बनेको छ ।

चौररीदेउराली गाउँपालिकामा निलकण्ठ गौतमको अध्यक्षतामा २९ सदस्यीय समिती बनेको छ । खानीखोला गाउँपालिकामा देश लोप्चनको अध्यक्षमा अध्यक्षतामा ३७ सदस्यीय समिती बनेको हो ।

त्यस्तै धुलिखेलमा प्रभुराम धिताल, मण्डनदेउपुरमा अनिल नेपाल, पनौतीमा गुञ्जन बञ्जारा र बेथानचोकमा दिपेश केसीको अध्यक्षतामा समिती बनेको छ ।

जिल्ला स्तरीय तथा केन्द्रीय नेताहरुको उपस्थितीमा नयाँ समिती बनेसँगै काभ्रे जिल्लाभर एकैपटक विद्यार्थीहरुले गर्जन गरेको अखिलका कोषाध्यक्ष जेनिश लामाले बताए ।


प्रकाशित मिति: ७ पुस २०७८, बुधवार २१:०१ बजे











