६ चैत २०८१, बुधवार

धुलिखेल नगरको मेयर शहरहरुको अन्तराष्ट्रिय संगठन UCLG GLOBAL को एसियाली ककस बैठकमा सहभागी हुदै ।

काठमान्डौ । जनताको आवाज सुन्ने नेतृत्व निर्माण गर्न शहरी जनताहरुको भुमिका सृजनात्मक बन्नु पर्छ । नगर प्रमुख अशोक ब्यान्जु दक्षिण अफ्रिकाको दर्वानमा हुदै गरेको शहर हरुको अन्तरास्ट्रिय सस्था UCLG GLOBALको छैठौँ सम्मेलनमा एसियाली शहरहरुको सन्जालिकरण र समान मुद्धाहरुमा एकीकृत आवाज बनाउन र शहरी निति,शहरी समानताका लागि साझेदारीता र शहरी गरिबी निवारण जस्ता बिषयमा अपनाउनु पर्ने सृजनात्मत र जनताको आवाज सुन्ने नेतृत्व निर्माण सम्बन्धमा कोकस कार्यक्रममा नेपाल नगरपालिका सघं तथा अन्तराष्ट्रिय नगरपालिकाहरुको सह अध्यक्ष अशोक ब्यान्जुले एसियाली शहरहरुको ककसमा आफ्ना बिचार प्रस्तुत गर्नु भएको थियो । ककस कार्यक्रममा एसियाली शहरहरुका नगर प्रमुख तथा सस्थाका प्रतिनिधि र बिभिन्न बिकास साझेदारहरुको सस्थाको उपस्थितीमा दक्षिण अफ्रिकाको दर्वान मा ३ हजार भन्दा बढि प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रममा २ लाख ४० हजार शहरहरुको बिचमा UCLG GLOBAL यो साझा सस्थाको यस बर्ष चुनाब समेत हुदैछ ।

प्रकाशित मिति: २८ कात्तिक २०७६, बिहीवार ०७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु