१२ माघ २०८१, शनिवार

कालापानी सामुदायिक बन उपभोक्ता समुहको १४ औ सभा

काभ्रे । कालापानी सामुदायिक बन उपभोक्ता समुहको १४ औ वार्षिक साधारण सभा प्रदेश सांसद बसुन्धरा हुमगाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी हुमागाईले बन जंगलका जडीबुटी,पानीका मुहान, र रुखहरु जोगाउनु पर्ने बताउनु भयो । बेथान्चोक गाँउपालिकामा रहेका सम्पुर्ण सामुदायीक बन, धार्मिक मठमन्दिर र सडकको गुरुयोजना बनाउनु पर्ने वताउनु भएको थियो । गुरुयोजना बनाएपनि सघं, प्रदेश र स्थानिय सरकारले बजेट छुट्टयाउने समते हुमागाईले बताउनु भयो । उक्त ठाउँहरुलाई पर्यटकिय स्थान बनाई भ्युटावर, मन्दिर सडक निमार्ण गरी जडिबुटीहरुको संरक्षण गर्न समेत सहज हुने बताउनु भएको थियो । विकासमा यो वा त्यो पाटी नभनी सबै मिलि विकासका निमार्णमा लाग्नु पर्ने समेत बताउनु भएको थियो । कार्यक्रममा बेथान्चोक गाउँपालिका अध्यक्ष प्रेम वहादुर तिमल्सिना, डिभिजन बन कार्यलयका सहायक बन अधिकृत हेम बहादुर थापा,भु संरक्षण अधिकृत मंगल प्रसाद जाग्री,पत्रकार बासुदेव अधिकारी,डिभिजन बन समन्वय समिती सदस्य तेज बहादुर केसी लागाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा बन समुहको आर्थिक प्रतिबेदन कोषाध्यक्ष ईन्द्र बहादुर तिमल्सिना र वार्षिक प्रतिबेदन सचिब मुना श्रेष्ठले सभामा पेश गर्नु भएको थियो । समुहको आव २०७५÷०७६को ८ लाख ७३ हजार १ सय ६० र खर्च ८ लाख ३६ हजार ६ सय पचास रहेको वताएको छ । समुहको भावि योजना र कार्य प्रगतीसंस्थाका अध्यक्ष प्रेम प्रसाद श्रेष्ठले सभामा पेश गर्नु भएको थियो । कार्यक्रममा कालापानिमा पर्यटकिय क्षेत्र बनाउनको लागी भ्यु टावर र बनदेवीको मन्दिर निमार्णका लागी शिल्यान्यास समेत गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष पार्वती श्रेष्ठले राख्नु भएको थियो । साधारण सभाको सभापतित्व समुहका अध्यक्ष प्रेम प्रसाद श्रेष्ठले गर्नु भएको थियो ।

प्रकाशित मिति: ७ मंसिर २०७६, शनिवार २१:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु