६ फागुन २०८१, मंगलवार

नेकपा स्थायी कमिटी बैठक शुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक बालुवाटारमा शुरुभएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अध्यक्षता गर्नुभएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोली शितलनिवासबाट भर्खरै बालुवाटार फर्किनुभएको उहाँको सचिवालयले जानकारी गराएको छ ।

लगत्तै मन्त्रिपरिषद बैठक बस्ने भएपछि आजको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा अ‍ोली केहीबेरपछि मात्र सहभागी हुनुहुनेछ । दिउँसो १ बजेका लागि राष्ट्रिय सभाको बैठक पनि आव्हान गरिएकाले केही स्थायी कमिटीका सदस्यहरु बैठक छाडेर केहीबेरमा संसदभवन तिर लाग्नुहुनेछ ।

नेकपा स्थायी कमिटी सदस्य तथा संसदीय दलका प्रमुख सचेतक देव गुरुङकाअनुसार बैठकमा नेताहरुले धारणाराख्नेक्रम शुरुभएको छ । बैठक बालुवाटारमा भइरहेको छ । मन्त्रिपरिषदको बैठक पनि बालुवाटारमै बस्दैछ ।

प्रकाशित मिति: १८ असार २०७७, बिहीवार १२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु