अनेरास्ववियु काभ्रेको २९ औँ जिल्ला अधिवेशन सम्पन्न , अध्यक्षमा अशोक खनाल निर्वाचित

काभ्रेपलाञ्चोक । अनेरास्ववियु काभ्रेपलाञ्चोक जिल्लाको २९ औँ जिल्ला अधिवेशन आज बनेपामा सकिएको छ ।
सर्वसम्मत नेतृत्व चयन गर्दै आज अधिवेशन सकिएको हो । अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनबाट अध्यक्षमा अशोक खनाल, उपाध्यक्षमा हेमराज हुमागाई, सचिबमा मिलन गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै उपसचिबमा कल्पना लामा, सञ्जिब न्यौपाने र युवराज दाहाल, कोषाध्यक्षमा आर्दश न्यौपाने निर्विरोध निर्वाचित हुनु भएको छ ।
त्यसैगरी अधिवेशनले अनेरास्ववियु कार्यालय सचिबको जिम्मेवारी सुमन जैरु र दिपेश तिमल्सिनालाई संगठन बिभाग प्रमुखको जिम्मेदारी तोकेको छ ।
अनेरास्ववियुको जिल्ला अधिवेशन नेकपा एमाले काभ्रे जिल्ला अध्यक्ष अशोक ब्यान्जु, अनेरास्ववियु केन्द्रीय महासचिव समिक बडाल, नेकपा एमाले काभ्रेका सचिव नारायण पाण्डे,अनेरास्ववियु केन्द्रीय कोषाध्यक्ष जेनिस लामा , नेकपा एमाले काभ्रे जिल्लाका नेता तथा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य र केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: १७ पुस २०७८, शनिवार २२:५४ बजे