१ चैत २०८१, शनिवार

उम्मेदवार मनोनयनको लागि यी कागजात आवश्यक

काभ्रे – आउँदो ३० गते हुने पालिका चुनावको लागि भोलि र पर्सि उम्मेदवारी दर्ता हुँदैछ ।

 

स्थानीय तह निर्वाचन ऐन अनुसार उम्मेदवारी दर्ता गर्ने दिनसम्म २१ वर्ष उमेर पूरा भएको व्यक्ति जुनसुकै पदमा उम्मेदवार हुन पाउने व्यवस्था छ । उम्मेदवार हुन नेपाली नागरिक हुनुपर्छ र सम्बन्धित स्थानीय तह वा सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ ।

 

सरकारी सेवामा कार्यरत, निर्वाचन कसुरमा संलग्न भएर सजाय भोगेको दुई वर्ष नकाटेको, नैतिक पतन देखिने फौजदारी कसुर वा जन्मकैद हुने सजायमा अन्तिम फैसलाबाट सजाय पाएको व्यक्तिहरू उम्मेदवार हुन पाउँदैनन् ।

 

सङ्गठित अपराध र जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहको कसुरमा सजाय पाएर निश्चित अवधि पूरा नभएका व्यक्तिहरू पनि उम्मेदवार हुन पाउँदैनन् ।

 

उम्मेदवार मनोनयनको लागि के-के कागजात पेस गर्नुपर्छ ? यहाँ हेर्नुहोस् ।

 

 

प्रकाशित मिति: १० वैशाख २०७९, शनिवार १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु