६ चैत २०८१, बुधवार

धुलिखेल काँग्रेसलाई धक्का , सभापति नै स्वतन्त्र उम्मेदवार

धुलिखेल नेपालि काँग्रेसका सभापति विदुर वस्नेतले केन्द्रीय निर्णय नमान्ने भएपछि गठबन्धनको निर्णय नमानि आफुले नेपालि काँग्रेस धुलिखेल नगर सभापति पद राजिनामा गरि स्वतन्त्र उम्मेदवारि दर्ता गरेका छन् । जसले गर्दा नेपालि काँग्रेस धुलिखेल नगरलाई धेरै ठुलो धक्का लागेको छ । 

२०७९ बैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनमा सबै राजनितिक दलहरुले आ आफ्ना उम्मेद्धारहरु तोकिसकेको छ ।सत्ता गठबन्धनका प्रमुख पार्टीहरु एकिकृत समाजवादी,माउवादी केन्द्र , नेपाली काग्रेशले आउदो यही स्थानीय तह निवार्चनमा पनि गठबन्धन गरीअघि बढ्ने निर्णय गरेको थियो तर भाग वन्डा नमिलेको हुदा कतिपय पालिकाहरुमा इच्छुक उम्मेद्धारहरु रुष्ट देखिएका छन ।

यसको प्रत्यक्ष्य प्रभाब धुलिखेल गठबन्धनमा प्रष्ट देखिएको छ । गय राति धलिखेलमा एकिकृत समाजवादीका दयासागर श्रेष्ठले मयेरको टिकट पाए भने नेपाली काग्रेशलाई उपमेयरको टिकट भागबन्डामा परे सँगै वस्सनेत रुष्ट भइ पार्टि परित्याग गरेका छन् ।  उक्त निर्णयलाई , मत र सगठनका हिसाबमा कमजोर पार्टीले प्रमुख पद हात पारेको र मत र सगठनका हिसाबमा केही ठुलो मानेको पार्टीले उपमेयर पाएकोमा नगर सभापति बस्नेतले आफ्नो असन्तुष्टि चाहेर गरेका छन् । उक्त निर्णयलाई अस्विकार गर्दै स्वतन्त्र उम्मेद्धार दिने घोषणा गरेको उनी आफैले जानकारी दिएका थिए ।

प्रकाशित मिति: १२ वैशाख २०७९, सोमवार १५:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु