नेकपा एमाले धुलिखेलको घरदैलो अभियान जारी

धुलिखेल । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमाले धुलिखेलको घरदैलो अभियान सञ्चालन गरी रहेको छ । नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदको उम्मेदवार अशोक व्यान्जु, उप-मेयर पादका उम्मेदवार लालतारा अधिकारी धुलिखेल नगरपालिका वडा नं ६ को वडा अध्यक्ष उमेदवार आनन्द सागर योगल श्रेष्ठ, करुणा सागर बरुण श्रेष्ठ – खुल्ला सदस्य,कबिता मानन्धर- खुल्ला सदस्य,सन्ध्या श्रेष्ठ -महिला सदस्य पार्वती बिश्वकर्मा -दलित महिला सदस्यको उम्मेदवारहरु पनि घरदैलो अभियानमा सहभागी भएका थिए । नेकपा एमाले धुलिखेल नगरपालिकाको वडा नम्बर ६ र ७ मा घरदैलो अभियान सञ्चालन भएको थियो त्यस्तै नेकपा एमाले धुलिखेल नगरपालिका वडा नम्बर ७ मा वडा अध्यक्षको उम्मेदवार अमित खोजु मिरु कुमारी भन्डारी श्रेष्ठ महिला सदस्य,प्रमीला बिश्वकर्मा -दलित महिला सदस्य ,रबि कुमार ब्यान्जु श्रेष्ठ – खुल्ला सदस्य ,सन्तोष श्रेष्ठ – खुल्ला सदस्यहरूको सहित घरदैलो अभियान सञ्चालन भएको छ ।
धुलिखेल नगरपालिका वडा नम्बर ६ मा भने नेकपा एमालेको तर्फबाट दलित महिला सदस्यको उम्मेदवार पनर्वती वि.क सर्वसम्वत चुनिएका छन् ।
धुलिखेलमा एमालेले उम्मेदवारी दर्ता गरेका १२ वटा वडामा ६२ जना उम्मेदवारहरु मध्ये अधिकांश घर दैलो अभियानमा जुटेका छन् । नेकपा एमालेले धुलिखेलका १२ वटै वडामा घर दैलो अभियान वडा कमिटीहरुले तय गरेर शुरु गरेको नगर अध्यक्ष दयाराम महतले बताउनु भएछ ।
प्रकाशित मिति: १५ वैशाख २०७९, बिहीवार ०७:४२ बजे