पुरातात्विक बाजा र देउडा नाचगानाका साथ व्याञ्जुको टोलि रविओपिमा

स्थानीय तह निर्वाचन नजिकीदै गर्दा बिभिन्न पार्टी हरुको चुजावि प्रचार प्रसार र भोट माग्ने कार्यक्रमहरु देश भरी नै भई रहेको छ। सबै पार्टी हरुले आ आफ्नै तरिकाबाट भइरहेको प्रचार प्रसार गर्ने होडबाजी चलिरहेको समयमा धुलिखेल पनि पछि छैन ।
धुलिखेलमा नेकपा एमाले एक्लै मैदानमा उत्रिएको बेला गठबन्धनले आ-आफ्नो तर्फबाट उमेदवारहरु उठाएका छन् भने स्वतन्त्र बाट उमेदवारी दिनेको पनि कमी छैन ।
सबै पार्टी भन्दा फरक नेकपा एमाले धुलिखेल २ मा आज लोप हुन लागि रहेको देउडा नाच गान गर्दै वडाको प्रत्येक घर घरमा पुगेर घरदैलो कार्यक्रम गर्दै आफ्ना योजनाहरु सुनाउदै भोट माग्ने गरेको देख्न सकिन्छ ।
प्रकाशित मिति: १९ वैशाख २०७९, सोमवार २१:१४ बजे