दोश्रो पाँचखाल महोत्सव शुरु- ‘प्राथमिकतामा संस्कृतिको संरक्षण र कृषि उपजको बढावा’

पाँचखाल युनाइटेड फुटबल एशोसिएसन पाँचखालको आयोजनामा बुधबारबाट दोश्रो पाँचखाल महोत्सव आयोजना गरिएको छ । महोत्सवको उद्घाटन संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले गर्नु भएको छ ।
महोत्सवको उद्घाटन गर्दै मन्त्री बास्कोटाले पाँचखाल कृषि र औधोगिक क्षेत्रका रुपमा अगाडी बढेको बताउनु भयो । मन्त्री बास्कोटाले भन्नुभयो– ‘अन्तर्राष्ट्रिय कनेक्टिभिटीका रुपले पनि पाँचखाल महत्वपूर्ण नाका रहेको छ । पाँचखालमा यस्ता मेलाहरुको सम्भावना भोलिका दिनमा अझै बढ्नेछ । जुन शुरुवात भएको छ त्यो राम्रो कार्य हो । बाटो हिडिसकेपछि जसलाई पनि हिडन् आउँछ । यो बाटो खन्ने कार्य गरेकोमा धन्यवाद दिन चाहन्छु । भविश्यका लागि यो राम्रो कार्यको शुरुवात हो । पाँचखालमा विशाल सम्भावना छ । विशाल सम्भावनालाई हामी क्रमशः अगाडि बढाईरहेका छौं । बढाउने छौं । आउने केहि वर्षमा साँच्चै परिवर्तन देखिनेछ । यो परिवर्तनलाई थेग्ने ठुलो स्थान पाँचखाल हुनेछ । मेला महोत्सव गर्ने, प्रचार–प्रसार गर्ने कामले झनै त्यसलाई महत्व दिन्छ । पुर्खाहरुले पहिला पनि यस्ता कार्यक्रमहरु तराईमा हाट बजारका नाममा गर्थे भने पहाडमा विभिन्न खालका जात्राहरु हुँदा यस्ता कार्यक्रमहरु हुन्थे । संस्कृतिका रुपमा यस्ता महोत्सवसलाई अगाडि बढाउनु पर्छ ।’
असोज २९ गते देखि शुरु भएको महोत्सव कार्तिक ९ गते शनिबारसम्म चल्नेछ । महोत्सवमा पाँचखाल नगरको संस्कृति झल्कने, कृषि उपजलाई बढावा गर्दै कृषि उत्पादन तथा नगरका पर्यटकिय स्थलहरुका प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष मिलन श्रेष्ठले बताउनु भयो । महोत्सवको पूर्व सन्ध्यामा स्थानीय संस्कृति झल्कने ऐतिहासिक लाखे नाच, धिमे बाजा, हिले नाच, विभिन्न संघ संस्थाको ब्यानर सहितको झाँकी प्रदर्शन गरिएको थियो । पाँचखाल बजार परिक्रमा गरी महोत्सव स्थल पुगेको उक्त ¥याली पछिको सभामा प्रदेश सभा सदस्य लक्ष्मण लम्साल, नगरपालिका प्रमुख महेश खरेल, उपप्रमुख लक्ष्मी दनुवार, विभिन्न क्षेत्रका ब्यक्तिहरुले सम्बोधन गर्नु भएको थियो । महोत्सवमा एक सय भन्दा धेरै स्टल राखिएका छन् ।
पाँचखाल युनाइटेड फुटबल एशोसिएसनले देशब्यापी खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता २०६९, प्रथम नगर कप २०७१, पुफा बृहत्त सांस्कृतिक कार्यक्रम २०७१, पाँचखाल बृहत्त सांस्कृतिक कार्यक्रम २०७६, प्रथम पाँचखाल महोत्सव २०७१ आयोजना गरिसकेको सचिव जीवन नेपालले जानकारी दिनुभयो । दोश्रो पाँचखाल महोत्सवका संयोजक समेत रहनु भएका नेपालले खेलकुद विकासमा युुवा अभियान, कृषि, संस्कृति र पर्यटन प्रवद्र्धन पाँचखाल महोत्सवको पहिचान भन्ने मुल नाराका साथ पाँचखाल नगरपालिकाको सहकार्य एवं पाँचखाल उद्योग बाणिज्य संघका सल्लाहमा महोत्सव आयोजना गरेको बताउनु भयो ।
कार्यक्रममा क्लबका उपाध्यक्ष प्रताप लामा, रोशन बोलखे लगायतले पाँचखाल महोत्सवको महत्वका बारेमा जानकारी गराउनु भएको थियो ।
प्रकाशित मिति: १५ कात्तिक २०७६, शुक्रवार ०७:४२ बजे