अनेरास्ववियूको अडान बमोजिम प्रधानमन्त्रीको निर्देशनमा खुल्यो काठमाडौं विश्वविद्यालय
विश्वविद्यालय स्वायतत्ता र राजनैतिक प्रभाव मुक्त बनाउन चाहन्छु : (प्रधानमन्त्री केपि ओलि )
धुलिखेल । काठमाडौं विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीहरु द्वारा गरिएको तालाबन्दी २७ दिन पछि खुलेको छ । तालाबन्दी खुलाउन विद्यार्थीहरुले निरन्तर दबाब दिदै आएका थिए । प्राध्यापक र कर्मचारीहरुको मागलाई विश्वविद्यालय सभामा प्रस्तावका रुपमा प्रस्तुत गर्न हिजो मिति २०७६/१०/१३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बोलाईएको विशेष सभामा विश्वविद्यालय स्वायतत्ता र राजनैतिक प्रभाव मुक्त बनाउने प्रधानमन्त्रीको चाहाना र अनेरास्ववियूले प्रधानमन्त्रीलाई विभिन्न माद्यमबाट गराएको ध्यानाकर्षण बमोजिम नै प्रधानमन्त्रीले प्राध्यापकहरुको मागका सन्दर्भमा प्रष्ट धारणा राखी विश्वविद्यालय सम्पुर्ण शैक्षिक कार्यक्रम सुचारु गर्न निर्देशन दिनुभएपछि विश्वविद्यालयमा जारी आन्दोलन २७ दिन पछि अन्त्य भएको हो ।
अनेरास्ववियू काठमाडौं विश्वविद्यालय राष्ट्रिय कमिटीका संयोजक सुन्दर लामाले सामाजिक सञ्जाल मार्फत १४ गते देखी विश्वविद्यालय खुल्ने भन्दै विद्यार्थीहरुलाई विश्वविद्यालय फर्कन गरेको आव्हानका कारण विश्वविद्यालय खुलेको पहिलो दिनमै विद्यार्थीहरुको उत्साहपूर्वक सहभागिता भएकोमा अनेरास्ववियूले विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन समेत गरेको छ । लामाले माघ १३ गते सम्म विश्वविद्यालय नखुले १४ गते अनेरास्ववियूले प्रतिवाद गरि विश्वविद्यालय खुलाउने भन्दै विश्वविद्यालयमा ध्यानाकर्षण गराएका थिए । काठमाडौं विश्वविद्यालयको हिजो स्थगित विशेष सभा भने माघ २१ गते बस्नेछ ।
प्रकाशित मिति: १४ माघ २०७६, मंगलवार २२:०० बजे