३० माघ २०८१, बुधवार

खुट्टा कमाएर हिँड्नुपर्ने काम गरेको छैन, : मन्त्री बास्कोटा

कञ्चनपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कमिसन मागेको भनिएको अडियो रेकर्डबारे सत्य–तथ्य चाँडै बाहिर आउने बताउनुभएको छ ।

बिहीबार कञ्चनपुरको बेलडाँडीमा नेकपाका कार्यकर्तालाई सम्बोधन गर्दै बास्कोटाले सो अडियोको पुष्टि हुनुपर्ने बताउनुभयो ।बास्कोटाले भन्नुभयोे, ‘अहिले त प्रविधि छ, अनेक बनाउँछन् । टिकटकदेखि साँच्चैसम्मका चारवटा जोडेर पनि बनाउँछन् । मलाई त १२ अर्ब खायो पनि भन्थे, हिजो फेरि कति करोडको निकालेका छन् रे । अर्बबाट करोडमा झरेछन् । त्यसको पनि पुष्टि हुनुपर्ला, प्रमाणित हुनुपर्ला ।’

मन्त्री बास्कोटाले आफूले पार्टीलाई धोका नदिने भन्दै व्यक्तिमाथि आरोप लाग्यो भने आफैंले पुष्टि गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यदि मैले गरेको छु भने जवाफदेहिता मैले बोक्ने हो, पार्टीले बोक्दैन । कुन निकायबाट मैले शुद्धताको प्रमाणपत्र पाउनुपर्ने हो, मैले लिनुपर्छ ।’

मन्त्री बास्कोटाले आफू फेरि पनि पार्टीकै कमरेडहरुसँग काम गर्नुपर्ने भएकाले डराएर हिँड्नुपर्ने वा खुट्टा कमाएर हिँडनुपर्ने काम नगरेको दाबी गर्नुभयो । ‘खाएको विष लाग्छ, नखाएको लाग्दैन’ उहाँले भन्नुभयो ‘आरोप लगाएको छ भने अरु पनि कुरा होलान् नि । अरु केही चिज होलान् नि ।’

आफूसँग अरब र करोडका कुरा गर्नेहरु धेरै आएको भन्दै उहाँले त्यसको जवाफ दिने बताउनुभयो । बास्कोटाले भन्नुभयो, ‘३० दिने कि साठी दिने कति दिने ? जोडेर अरबको पनि कुरा पनि आएको होला नि । जतिसुकै होस, १२ अर्बबाट घटेर करोडमा आएछ, के चिन्ता गर्नु ?’

प्रकाशित मिति: ८ फागुन २०७६, बिहीवार १४:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु